Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्री जम्कट्टेलको पत्रकारलाई प्रश्न : साँच्चै स्वतन्त्र हुनुहुन्छ ?

IMG_1315-1542278424.JPG

२९ कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पत्रकार साँच्चै स्वतन्त्र हुनु जरुरी रहेको बताएका छन् ।
हेटौँडामा विहिबार फ्रिडम फोरमले गरेको ‘सुरक्षित पत्रकारिता र दण्डिहिनताको अन्त्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानूनमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । उनले देशका ठूला परिवर्तनमा संचारजगतको भूमिका प्रशंसनीय रहेको भन्दै पूर्वाग्रहका आधारमा समाचार सम्प्रेषण गर्दा संचारकर्मी असुरक्षित हुनु परेको दावि गरे । उनले कोही पनि पत्रकार स्वतन्त्र नरहेको दावि समेत गरे ।
उनले पत्रकारितामा रहेको विकृति र विसंगति अन्त्यका लागि प्रदेश संचार विधेयक संसदमा पेश भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, पाटन उच्च अदालत हेटौँडा बार एशोसियसनका अध्यक्ष विरेन्द्र वली, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी लगायतले पत्रकारमाथि भएका आक्रमणका दोषिलाई कारवाही नभएसम्म प्रेस स्वतन्त्रता कायम नहुने र दण्डिहिनताको अन्त्य नहुने भएकाले यसतर्फ राज्य सचेत हुनुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार