Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भौतिक मन्त्रालयको काम तिब्ररुपमा अघि बढ्छः मुख्यमन्त्री पौडेल

Bhautik-Mantralaya-1542373601.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक मन्त्रालय मार्फतको कामलाई तिब्रता दिईने बताएका छन् । शुक्रबार मन्त्रालयमा भएको छलफलमा बोल्दै उनले प्रदेशको महत्वपूर्ण रहेको मन्त्रलायको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाईने बताए । 
प्रदेशको बजेटको १३ अर्ब भन्दा बढि बजेट रहेको मन्त्रालयमा चुनौती भएपनि यसलाई सहज ढंगले अगाडि बढाईने उनको भनाई थियो । सुरुवातका दिनमा कर्मचारी व्यवस्थापनमा केहि समस्या भएपनि विस्तारै अब सहज बनाईने उनले दावी गरे ।
योजनाहरुको तुलनामा कर्मचारी कम भएको भएपनि काम अगाडि बढाउन प्रदेश सरकारले लक्ष्य अनुसार चालु आर्थिक बर्षमा नै काम सम्पन्न गराउने उनको भनाई थियो । कर्मचारीलाई काम गर्न सहज बनाउन सरकारले जस्तो सहयोग गर्न सक्ने उनले जानकारी दिए । 
कार्यक्रममा बोल्दै प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले नतिजा आउनेगरी काम गर्न निर्देशन दिए । कार्यक्रममा मन्त्रालयका सचिब कौशल किशोर झाले कार्यपत्र प्रस्तुत गरेका थिए । 
यसैगरी मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय एउटा, पूर्वाधार विकास कार्यालयहरु ६ वटा, जलस्रोत तथा सिंचाई विकास डिभिजन १३ वटा, भुमिगत जलस्रोत तथा सिंचाई बिकास डिभिजन ५ वटा, खानेपानी तथा सरसफाई डिभिजन ५ वटा, यातायात व्यवस्था कार्यालय १० वटा, नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालय एउटा, नयाँ शहर आयोजना कार्यलयहरु २ वटा रहेका छन् । 
कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यन्त्री तथा मन्त्रिपरिषदका कार्यलयका सचिब रमेश शिवाकोटीको पनि सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार