२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको खेलमा ब्रिगेड ब्वाइजलाई हराएको छ ।
थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । थ्रीस्टारका लागि रञ्जित धिमाल, सुनील बल, रञ्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम लामाले एक–एक गोल गरे ।
ब्रिगेडका रजत तिवारीले एक सान्त्वना गोल फर्काए ।
यसअघि पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थ्रीस्टार गोलअन्तरमा मनाङ मर्स्याङ्दी क्लबलाई पछाडि पार्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो चरणको खेल चलिरहँदा लिगमा थ्रीस्टार र मनाङले मात्र शतप्रतिशत नतिजा निकालेका छन् ।
यता विजयी सुरुवात गरेको विभागीय टिम नेपाल पुलिस क्लब भने आइतबारको दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग बराबरीमै रोकिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र मच्छिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै ४ अंक भएको पुलिस चौथो स्थानमा छ ।
यस्तै पहिलो खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको मच्छिन्द्रको दुई अंक भएको छ ।
लिगमा ४ अंकसहित त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ भने एक खेलबाट ३ अंकको संकटा क्लब पाँचौं स्थानमा छ । १४ टिम सहभागी लिगमा जावलाखेल, फ्रेन्ड्स, सरस्वती र ब्रिगेड ब्वाइज अंकविहीन छन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















