Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

शहीद स्मारक ए डिभिजन लिगः थ्रीस्टारको जित, पुलिस र मच्छिन्द्र बराबरी 

A-division_BWmphyP5mE-1542543847.jpg

२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको खेलमा ब्रिगेड ब्वाइजलाई हराएको छ ।
थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । थ्रीस्टारका लागि रञ्जित धिमाल, सुनील बल, रञ्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम लामाले एक–एक गोल गरे । 
ब्रिगेडका रजत तिवारीले एक सान्त्वना गोल फर्काए । 
यसअघि पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थ्रीस्टार गोलअन्तरमा मनाङ मर्स्याङ्दी क्लबलाई पछाडि पार्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो चरणको खेल चलिरहँदा लिगमा थ्रीस्टार र मनाङले मात्र शतप्रतिशत नतिजा निकालेका छन् । 
यता विजयी सुरुवात गरेको विभागीय टिम नेपाल पुलिस क्लब भने आइतबारको दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग बराबरीमै रोकिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र मच्छिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै ४ अंक भएको पुलिस चौथो स्थानमा छ । 
यस्तै पहिलो खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको मच्छिन्द्रको दुई अंक भएको छ ।
लिगमा ४ अंकसहित त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ भने एक खेलबाट ३ अंकको संकटा क्लब पाँचौं स्थानमा छ । १४ टिम सहभागी लिगमा जावलाखेल, फ्रेन्ड्स, सरस्वती र ब्रिगेड ब्वाइज अंकविहीन छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार