Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

तामाङ चलचित्र ‘रुङ्सी टिला’ को हेटौँडाबाट प्रदर्शन थालिने

Rungsi-1-1542546943.jpg

२ मंसिर, हेटौँडा । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) यही मंसिर १९ र २० गते हेटौँडाको एन.एस. सिनेमाजमा प्रदर्शन हुने भएको छ । 
आईतबार न्यूज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर रिलिजसँगै चलचित्र प्रदर्शनका बारेमा जानकारी दिइएको हो । 
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक बाबु थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताए । चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै चलचित्रका नायक सानु लामाले आफुले मुख्य भूमिका निभाएको चलचित्र पहिलो भएको बताउँदै उनले आफु एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिकामा चलचित्रमा देखिएको जानकारी दिए ।
मकवानपुरको विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा अधिकांस मकवानपुरकै कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।
चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।
कार्यक्रममा चलचित्र टोली सहित नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, प्रेस यूनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सचिव श्रीराम अर्जुन, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, न्यूज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार