Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडाबाट राजधानी सारिए आन्दोलनको आँधीबेरी सिर्जना हुने 

46485391_2128076227441999-1542635826.jpg

३ मंसिर, हेटौँडा । मकवानपुरका  क्रियाशिल विभिन्न राजनितिकदल सर्मथन युवा संगठनहरुले प्रदेश नं ३ को राजधानी हेटौंडाबाट अन्यत्र सारिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

मिडिया नेपाल मकवानपुरद्धारा सोमबार न्युज क्लब हेटौंडामा आयोजित  प्रदेश ३ को स्थायी राजधानी हेटौंडा निर्माणको लागि युवा संगठनहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मकवानपुरका विभिन्न राजनितिक दल सर्मथन युवा संगठनहरुले प्रदेश नं ३ को राजधानी हेटौंडाबाट अन्यत्र सारिए कडा आन्दोलन गर्ने चेतावनीे चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस निकट तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले ३ नं प्रदेशको राजधानी हेटौंडा उपयुक्त रहेको भन्दै राजधानी सार्न खोजिए हेटौँडामा आन्दोलनको आँधीबेरी सृजना हुने बताए ।त्यसैगरी  कार्यक्रममा बोल्दै तत्कालिन एमाले निकट युवा संगठनका अध्यक्ष सन्तोष चौलागाईँले हेटौँडालाई राजधानी नबनाउने षड्यन्त्र भएको भन्दै षडयन्त्रसंग लडन तयार रहेको बताए ।

त्यसैगरी अन्तरक्रियामा बोल्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका नगर अध्यक्ष भृगु कार्कीले हेटौंडालाई राजधानी बनाउन  आफ्नो संगठनका नेता–कार्यकर्ताहरु मर्न र मार्न समेत पछि नहट्ने भन्दै राजधानी सारिए हेटौँडा  आन्दोलनको भेल बाढी आउने बताए ।  त्यसैगरी युवा शक्ति नेपाल मकवानपुरका अध्यक्ष सुदिप कार्कीले हेटौँडा सबै तवरले उपयुक्त भएको स्पष्ट पार्दै अनुपयुक्त हुनुको कारणबारे खुला बहस गर्न प्रदेशसभा सदस्यहरुलाई चुनौती दिएका छन ।

कार्यक्रम मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिवराज बख्रेलको सभाध्यक्षतामा सम्पन्न  भएको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार