Google Photo
१० मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को सार्वजनिक लेखा समितिले प्रदेश अन्तरगतका विभिन्न निकायले गरेको इन्धन खर्च विवरण माग गर्ने निर्णय गरेको छ ।
लेखा समिति संयोजक न्हुच्छेमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार बसेको उपसमितिको बैठक यस्तो निर्णय गरेको हो । आव ०७४/०७५ र ०७५/०७६ को प्रथम चौमासिकमा प्रादेशिक मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयमा भएको इन्धन खर्चको प्रमाण पुग्ने कागजात ४ दिनभित्र माग्ने सार्वजनिक लेखा समितिबाट गठित उपसमितिले निर्णय गरेको छ । त्यसैगरी ति निकायहरुलाई इन्धन खर्चबापत निकासा भएको रकम प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयबाट विवरण माग गर्ने निर्णय गरेको उपसमितिका संयोजक रमेश पौड्यालले जानकारी दिए ।
बैठकमा उपसमिति सदस्यहरु ओमबहादुर घलान, जीवन डंगोल, देवी श्रेष्ठ र रिता माझीको उपस्थिति रहेको थियो । प्रदेश सरकार र मातहतका निकायमा इन्धनको दुरुपयोग भएको खबर बाहिर आएपछि लेखा समितिले यसबारे चासो देखाएको थियो । समितिको मंसिर ४ गते बसेको बैठकले इन्धन खर्चसम्बन्धी छानविन गर्न उपसमिति गठन गरेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















