१५ मंसिर, हेटौँडा । ४३ औं मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको स्मृतिमा वीपी कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
पुष ११ देखि १६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रथम वीपी कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुने खेलाडी कांग्रेसको सदस्य हुनुपर्ने अनिवार्यता गरिएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडा, ८ गाउँपालिका र थाहा नगरपालिकाको एक टिमको सहभागिता रहनेछ । कांग्रेससंग आस्था राख्ने खेलाडीहरुलाई सक्रिय बनाउने र भ्रातृत्वको सम्बन्ध स्थापित गराउने उद्देश्यले फुटबल आयोजना गर्न लागेको अध्यक्ष सविन भट्टाचार्यले जानकारी दिए ।
हेटौंडा नगर बाहेकका टिम सदस्यहरुलाई खान र बस्नको व्यवस्था आयोजकले नै गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ५० तोलाको चाँदिको शिल्ड प्रदान गरिने छ । शिल्ड भने रनिङ शिल्डको रुपमा रहने छ । यस्तै उपविजेता टिमले २५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडी एवम् कोचलाई जनही दुईहजार पाँचसय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने अध्यक्ष भट्टाचार्यले बताए ।
प्रतियोगिताको लागि करिब १४ लाख रुपैंया खर्च लाग्ने र सहयोगीबाट उक्त रकम संकलन गरिने आयोजक लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सदस्य एवम् खेलकुद विभाग संयोजक सुनिल दाहाल, टे«ड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष सर्मिला श्रेष्ठ, तरुण दल मकवानपुर सचिव सचित थापा, लोकतान्त्रिक खेलकुद संघ सचिव प्रदिप कंडेललगायतको आतिथ्यता थियो ।
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...
१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...
१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...
१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...
१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...
१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...
१७ बैशाख, चैनपुर। बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...
१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...
१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा आज...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...