Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

न्यूरेनी चिसापानी वनद्वारा पत्रकारसहित १० जनालाई सम्मान

Neureni-1543671558.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
भेलामा समूहले गरेका कार्यहरुको  प्रचारप्रसार गराई प्रशंसनीय कार्य गरेकाले संचारकर्मी भीमसेन पौडेल र पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समूहमा २४ वर्ष वन हेरालुको काम गरेका गोपाल प्रसाद पोखरेललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । यसैगरी समूहका ज्येष्ठ सदस्य बेनीबहादुर परियार, रत्नकुमारी गौतम, सप्तादेवी न्यौपाने, सरसफाईतर्फ विष्णुप्रसाद ढुंगाना, पशुपालनतर्फ ईन्द्रबहादुर पाख्रिन, किसानतर्फ भक्त बहादुर बस्नेत, विकलाङ तर्फ कमलाकुमारी गौतम समेतलाई सम्मान गरिएको थियो । 
साधारणसभामा समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा–७ का वडा अध्यक्ष राजन थापाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संगालो टोल विकास संस्थाका अध्यक्ष देवप्रसाद भट्टराई, समूहका उपाध्यक्ष रामचन्द्र अधिकारी, रोमप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Neureni1-1543671558.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार