Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

न्यूरेनी चिसापानी वनद्वारा पत्रकारसहित १० जनालाई सम्मान

Neureni-1543671558.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
भेलामा समूहले गरेका कार्यहरुको  प्रचारप्रसार गराई प्रशंसनीय कार्य गरेकाले संचारकर्मी भीमसेन पौडेल र पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समूहमा २४ वर्ष वन हेरालुको काम गरेका गोपाल प्रसाद पोखरेललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । यसैगरी समूहका ज्येष्ठ सदस्य बेनीबहादुर परियार, रत्नकुमारी गौतम, सप्तादेवी न्यौपाने, सरसफाईतर्फ विष्णुप्रसाद ढुंगाना, पशुपालनतर्फ ईन्द्रबहादुर पाख्रिन, किसानतर्फ भक्त बहादुर बस्नेत, विकलाङ तर्फ कमलाकुमारी गौतम समेतलाई सम्मान गरिएको थियो । 
साधारणसभामा समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा–७ का वडा अध्यक्ष राजन थापाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संगालो टोल विकास संस्थाका अध्यक्ष देवप्रसाद भट्टराई, समूहका उपाध्यक्ष रामचन्द्र अधिकारी, रोमप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Neureni1-1543671558.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार