५ कार्तिक, हेटौंडा । मकवानपुरको हाँडीखोला गाविसमा एम्बुलेन्स खरिदका लागि सहयोग रकम जुटिरहेको जनाईएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेका युवाहरुले हाँडीखोला प्रवासी समुह गठन गरेर एम्बुलेन्स खरिदका लागी हालसम्म ७ लाख रुपैंया संकलन गरेका हुन् ।
हाँडीखोला स्वास्थ्य चौकिलाई हस्तान्तरण गर्नेे लक्ष्यका साथ एम्बुलेन्स खरिद अभियानमा कोरियामा रहेका हाँडीखोलाको युवाहरु आर्थिक सहयोग गरेको हाँडीखोला प्रवासी समुहका अभियान्ता संजिव पाठकले जानकारी दिए । गाविसमा एम्बुलेन्स नहुँदा धेरैं बिरामीले अकालमा ज्यान गुमाउनु परेकोले एम्बुलेन्स खरिद गर्ने अभियान शुरु गरिएको पाठकले बताए ।
अचानक दुर्घटना परे वा गम्भिर बिरामी परे हेटौंडाबाट एम्बुलेन्स पुगेर बिरामी अस्पताल लैंजानु पर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद अभियान थालिएको हो । बेलायत निबासी चिरञ्जीवी ढकालले संयोजन गरेको अभियानमा विभिन्न देशमा युवाहरूको सहयोग जुटिरहेको छ ।
पहिलो चरणमा नेपालमा रहेको हिमालयन बैंक खाता नं ०११०६०६०२५००१८ ज्योतिराज लुइँटेल, अनन्त प्रकाश अर्याल र अर्जुन पुडासैनिको संयुक्त खातामा कोरियाबाट १० जना युवाले १ एक लाख १४ हजार ८ सय रूपैयाँ जम्मा गरि अभियानको शुभारम्भ गरेका छन् । हाडीखोला प्रबासी समुहले यस अघि हाडीखोला स्वास्थ चौकीलाई ८ लाख रुपैंया बराबरको भिडियो एक्सरे मेसिन पहिलो कोसेली स्वरुप हस्तान्तरण गरि सकेको छ ।
प्रवासी समूहमा जापानबाट श्रीराम रिजाल र धिरज पौडेल, अमेरिकाबाट बुद्धिमान वाइवा, अस्ट्रेलियाबाट राजकुमार अधिकारी, साउदी अरबबाट सुदर्शन अधिकारी र अखिल पुडासैनी, कतारबाट प्रकाश सापकोटा, दुबईबाट केशव पाठक र नारायण प्रसाद पौडेल लगायतले सहयोग जुटाईरहेका छन् ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



