५ कार्तिक, हेटौंडा । मकवानपुरको हाँडीखोला गाविसमा एम्बुलेन्स खरिदका लागि सहयोग रकम जुटिरहेको जनाईएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेका युवाहरुले हाँडीखोला प्रवासी समुह गठन गरेर एम्बुलेन्स खरिदका लागी हालसम्म ७ लाख रुपैंया संकलन गरेका हुन् ।
हाँडीखोला स्वास्थ्य चौकिलाई हस्तान्तरण गर्नेे लक्ष्यका साथ एम्बुलेन्स खरिद अभियानमा कोरियामा रहेका हाँडीखोलाको युवाहरु आर्थिक सहयोग गरेको हाँडीखोला प्रवासी समुहका अभियान्ता संजिव पाठकले जानकारी दिए । गाविसमा एम्बुलेन्स नहुँदा धेरैं बिरामीले अकालमा ज्यान गुमाउनु परेकोले एम्बुलेन्स खरिद गर्ने अभियान शुरु गरिएको पाठकले बताए ।
अचानक दुर्घटना परे वा गम्भिर बिरामी परे हेटौंडाबाट एम्बुलेन्स पुगेर बिरामी अस्पताल लैंजानु पर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद अभियान थालिएको हो । बेलायत निबासी चिरञ्जीवी ढकालले संयोजन गरेको अभियानमा विभिन्न देशमा युवाहरूको सहयोग जुटिरहेको छ ।
पहिलो चरणमा नेपालमा रहेको हिमालयन बैंक खाता नं ०११०६०६०२५००१८ ज्योतिराज लुइँटेल, अनन्त प्रकाश अर्याल र अर्जुन पुडासैनिको संयुक्त खातामा कोरियाबाट १० जना युवाले १ एक लाख १४ हजार ८ सय रूपैयाँ जम्मा गरि अभियानको शुभारम्भ गरेका छन् । हाडीखोला प्रबासी समुहले यस अघि हाडीखोला स्वास्थ चौकीलाई ८ लाख रुपैंया बराबरको भिडियो एक्सरे मेसिन पहिलो कोसेली स्वरुप हस्तान्तरण गरि सकेको छ ।
प्रवासी समूहमा जापानबाट श्रीराम रिजाल र धिरज पौडेल, अमेरिकाबाट बुद्धिमान वाइवा, अस्ट्रेलियाबाट राजकुमार अधिकारी, साउदी अरबबाट सुदर्शन अधिकारी र अखिल पुडासैनी, कतारबाट प्रकाश सापकोटा, दुबईबाट केशव पाठक र नारायण प्रसाद पौडेल लगायतले सहयोग जुटाईरहेका छन् ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















