१७ मंसिर, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले सोमबार हेटौँडामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । तरुण दलको केन्द्रीय कार्यक्रम अनुसार तरुण दल मकवानपुरले हेटौँडामा प्रर्दशनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
तरुण दलले देशभर बढेको हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधनका घटना रोक्न र दोषिलाई कारवाहीको माग गरेको छ । जघन्य अपराधमा संलग्नहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकार सक्षम रहेको र यसले दण्डहिनता बढेको तरुण दलको भनाई छ ।
ज्ञापनपत्रमा विलासिताका लागि सवारी साधन खरिद गर्ने लगायतका जनहित विपरितका काम गरेको भन्दै सरकारको विरोध गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ । तरुण दलले जनताका दिनहुँका समस्या समाधानमा सरकारको ध्यान केन्द्रित गर्न माग समेत गरेको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर टुंगिएको थियो ।
र्यालीमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र तरुणहरुको सहभागिता रहेको थियो । प्रशासन कार्यालयमा तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठकले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई तरुण दलको मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















