१८ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारको गलत कार्यशैलीका कारण नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन् ।
राष्ट्रिय प्रजतान्त्र पार्टीले मंगलबार हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले सरकारको वर्तमान कार्यशैली गलत भएको र यसले देशलाई असफल राष्ट्र बन्नेतर्फ धकेलिरहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताए । धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा संलग्न भई पुरस्कार लिनु आपत्तिजनक भएको उनको भनाई थियो । यस्तो कार्यले राष्ट्रिय पहिचान र नेपालीको सम्मानमा ठेस पुगेको थापाले बताए ।
उनले राप्रपा प्राविधिक कारणले चुनावमा हारेपनि पार्टीको विचार दिनप्रतिदिन स्थापित हुँदै गएको दावि गरे । पशुपति सम्शेर राणा र प्रकाशचन्द्र लोहनी पार्टी एकिकरणको बाधक रहेको भन्दै उनले अब आफु एकिकरणका लागि कुरेर नबसी अभियानमा अघि बढ्ने बताए । उनले अब राप्रपाले हिन्दु राष्ट्रका लागि देशभर आन्दोलन थाल्ने भएकाले तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम वर्तौला, जिल्ला उपाध्यक्ष शिवराम थापा, सचिव केदार चौलागाई, १ नम्बर क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौँडा नगर अध्यष गुरुप्रसाद सापकोटा, जिल्ला नेतृ इन्दिरा न्यौपाने, गढि अध्यक्ष कृष्ण विडारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका शुक्र प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका २ जना ज्येष्ठ कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा भएको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















