Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ग्रामीण महिला दिवसमा अन्तरक्रिया

६ असोज, हेटौंडा । अन्तर्राष्टिय ग्रामीण महिला दिवसको सन्दर्भमाा पदमपोखरीमा र्याली र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्टिय ग्रामीण महिला दिवसको अवसरमा जिल्लामा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुर महिला समूहले पदमपोखरी कल्याणटारमा यस्तो कार्यक्रमको आयोजना गरेको हो । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि हरेक वर्ष अक्टोबर १५ का दिन अन्तर्राष्टिय ग्रामीण महिला दिवस मनाउने गरिएको हो ।

कार्यक्रममा मकवानपुर महिला समूहकी सचिव कमला सुवेदी, कार्यक्रम संयोजक निशा लामा, महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष निर्मला भ्लोन लगायतले अन्तर्राष्टिय ग्रामीण महिला दिवसको महत्व र यसलाई दिवसको रुपमा मनाउनुको सार्थकतबारे स्पष्ट पारे ।

विश्व जनसंख्याको एकतीहाई हिस्सा ग्रामीण महिलाको छ । ति ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृति स्रोत र कृषिमा निर्भर रहेका छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।
ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यन्नको उत्पान तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण तथ्यांक छ । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एकभएर लाग्नु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ । कार्यक्रममा पदमपोखरी कल्याणटारका महिलाहरुले र्यालीमा सहभागी भई र्याली पछिको कोण सभामा पनि उत्साहजनक रुपमा उपस्थिति जनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार