६ कार्तिक, हेटौंडा । हेटौँडामा जारी दोश्रो अन्तर्राष्ट्रिय रोटरी ‘एट ए’ साइड फुटवल प्रतियोगिताको उपाधी ध्रुवताराले हात पारेको छ ।हेटौँडाको सिद्धार्थ उच्च माविको खेल मैदानमा शनिवार भएको फाईनलमा काठमाण्डौँको क्लव मोसेसलाई पराजित गर्दै चितवनको ध्रुवताराले उपाधिमाथि कब्जा गरेको हो ।
प्रतियोगितामा निर्धारित तथा अतिरिक्त समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा पनि मोसेस र ध्रुवताराले ३–३ गोलको बराबरी गरेका थिए । त्यसपछि भएको सडअन डेथमा चितवका यम गुरुङ र राजेन्द्र श्रेष्ठले गोल गरे भने काठमाण्डौका उमेश थापाले मात्र गोल गरे भने आशिष रानाको बल गोल हुन सकेन ।
ध्रुवताराले उपाधि सहित नगद ४० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता मोसेसले २० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । खेलमा ४ गोल गरेका आयोजक रोटरी क्लबका सञ्जय थापा सर्वाधिक गोलकर्ता भए भने खेलमा म्यान अफ द सिरिज चितवनका राजेन्द्र श्रेष्ठ भए । श्रेष्ठले दुबइको दोहोरो टिकट प्राप्त गरे ।
कार्तिक २ गतेबाट भएको प्रतियोगितामा नेपाल र बंगलादेशको गरि ११ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी टिमलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले पुरस्कार वितरण गरेका थिए । ४० बर्ष भन्दा माथिको प्रतियोगितालाई रोटरी क्लब अफ मकवानपुरले आयोजना गरेको थियो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...

















