२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न भएका छन् । विहिबारको खेलमा संकटा क्लब, सरस्वती युथ क्लब र जावलाखेल विजयी भए ।
विहिबार संकटा र हिमालयन शेर्पा क्लब विच भएको खेलमा संकटा विजयी भएको छ । यो जितसँगै संकटा लिगको दोश्रो स्थानमा उक्लिएको छ । संकटाले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक एक गोल गरे ।
जितसंगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । सातौं जित निकालेसंगै संकटाले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ ।
यस्तै विहिबारनै भएको भएको अर्को खेलमा सरस्वती युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा सरस्वतीले न्युरोड टिम एनआरटीलाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खलमा सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोरले ७३ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाएका हुन् ।
जितसंगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । सरस्वती लिगको नवौं स्थानमा छ भने ८ खेलमा १ अंक जोडेको एनआरटी लिगको पुछारमा छ ।
यसैगरी हल्चोकस्थित एपीएफ मैदानमा बिहिबार नै भएको खेलमा भने जावलाखेलले एपीएफलाई १ – ० गोल अन्तरले पराजित गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लावलले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन् ।
जितसंगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ । जावलाखेल लिगको दशौ स्थानमा उक्लिएको छ । एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















