Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

बागमतिमा आइतबारदेखि फुटबल प्रतियोगिता शुरु

Football-1544967708.jpg

१ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । क्रिसमसको अवसरमा बागमती गाउँपालिका –१ रामपुरमा क्रिसमस कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो ।
छिमेकी स्पोस्र्टस् क्लव बागमती १ माझगाउँद्धारा आयोजित प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । पुस १० गतेसम्म चल्ने प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा बाराको बारा जिल्ला बिलिभर्स क्लवले बकैया ठाकुर फुटबल टीमलाई ४–१ गोलअन्तरले हराएको छ । 
क्लवका अध्यक्ष आनन्द राईको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, नेकपाका जिल्ला नेता कमानसिं पाख्रिन, विवेक राई, जीवन गोले, बागमती गाउँपालिका खेलकुद समिति अध्यक्ष अरुण बल, १ नम्बर का वडा अध्यक्ष ठगेन्द्र वाइबा, २ नम्बर वडा अध्यक्ष जगतबहादुर भ्लोनलगायतकाको आतिथ्यता रहेको थियो । 
प्रतियोगिताको बिजेताले ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् भने उपबिजेताले नगद २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार