Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बागमतिमा आइतबारदेखि फुटबल प्रतियोगिता शुरु

Football-1544967708.jpg

१ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । क्रिसमसको अवसरमा बागमती गाउँपालिका –१ रामपुरमा क्रिसमस कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो ।
छिमेकी स्पोस्र्टस् क्लव बागमती १ माझगाउँद्धारा आयोजित प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । पुस १० गतेसम्म चल्ने प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा बाराको बारा जिल्ला बिलिभर्स क्लवले बकैया ठाकुर फुटबल टीमलाई ४–१ गोलअन्तरले हराएको छ । 
क्लवका अध्यक्ष आनन्द राईको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, नेकपाका जिल्ला नेता कमानसिं पाख्रिन, विवेक राई, जीवन गोले, बागमती गाउँपालिका खेलकुद समिति अध्यक्ष अरुण बल, १ नम्बर का वडा अध्यक्ष ठगेन्द्र वाइबा, २ नम्बर वडा अध्यक्ष जगतबहादुर भ्लोनलगायतकाको आतिथ्यता रहेको थियो । 
प्रतियोगिताको बिजेताले ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् भने उपबिजेताले नगद २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार