२ पुस, हेटौँडा । इतिहास खोजकर्ता एवं लेखक केदार न्यौपानेको नयाँ पुस्तक मकवानपुर परिचय भाग २ सोमबार विमोचन भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवति पुडासैनीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दै प्रमुख खुलालले पुस्तकले मकवानपुरको सबै पाटोलाई उजागर गरेको बताए । उनले मकवानपुरको बारेमा जानकारी राख्न खोज्ने सबैका लागि पुस्तक उपयोगी रहेको भन्दै मकवानपुर बारेको खोजलाई निरन्तरता दिन लेखक न्यौपानेलाई सुझाव दिए । उनले मकवानपुरलाई कृषि र पर्यटनबाटै समृद्ध बनाउन सकिने पनि दावि गरे ।
कार्यक्रममा पुस्तक प्रकाशन गर्नुको उद्देश्यबारे लेखक न्यौपानेले प्रकाश पारेका थिए भने पुस्तकको समिक्षा रामचन्द्र आचार्य ‘फुर्सदी’ले गरेका थिए । २१० पृष्ठको पुस्तकमा ४३ शिर्षकमा मकवानपुरका पुरातात्विक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक एवं वर्तमान अवस्थाको बारेमा जानकारी दिईएको छ । पुस्तकको मूल्य ३ सय ५ रुपैँया राखिएको छ । कार्यक्रममा साहित्यिक एवं अन्य क्षेत्रका महानुभावहरुको सहभागिता रहेको थियो ।
१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...
१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...
१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...
१७ बैशाख, चैनपुर। बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...
१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...
१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा आज...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...
१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...