६ पुस, काठमाडौं । नेपाली कांग्रेसमा १३ सदस्यीय पदाधिकारी राख्ने सहमति जुटेको छ । सहमहामन्त्री प्रकाशसरण महतका अनुसार सबै पदमा निर्वाचनबाट चयन हुने गरी पदाधिकारीमा सहमति भएको समाचार इकान्तिपुरमा छ ।
संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे सहमति हुन नसकेपछि कांग्रेसमा दूरी बढेको थियो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको शीर्ष नेताहरुबीचको छलफलमा सभापति शेरबहादुर देउवाले १३ सदस्यीय पदाधिकारी राख्न प्रस्ताव गर्नुभएको नेता महतले जानकारी दिए । एकएक जना सभापति र कोषाध्यक्ष, २–२ जना उपसभापति र महामन्त्री तथा ७ जना सहमहामन्त्री बनाउने सभापति देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले सहमति जनाउनु भएको नेता महतको दाबी छ ।
सबै पदमा निर्वाचन गर्न नेताहरु सहमत देखिएका छन् । यस्तै ७ जना सहमहामन्त्री समावेशी सिद्धान्तका आधारमा निर्वाचित हुनेछन् । यसअघि ८ जनाको पदाधिकारी बनाउने र त्यसमा एक एक जना उपसभापति र सहमहामन्त्री समावेशी बनाउने संस्थापन पक्षका केही नेताको प्रस्तावमाथि विवाद भएपछि सहमति जुट्न सकेको थिएन । विधानमाथि शीर्ष तहमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेसले सहमतिको प्रयास सहित महासमिति बैठकलाई समेत निरन्तरता दिएको छ । बन्दसत्र छलेर शीर्ष नेताहरु कोठे बैठकमा केन्द्रित भएपछि रुष्ट बनेका महासमिति सदस्यहरुको माग सम्बोधनका लागि कांग्रेसले बन्दसत्रमा बाँकी प्रतिवेदन माथिको छलफललाई निरन्तरता दिएको हो ।
पार्टी कार्यालयमा केहीबेरअघि सुरु बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल जारी हुने नेता रामकृष्ण यादवले जानकारी दिए । बन्दसत्रमा सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने छन् । बैठकमा सदस्यहरुले विधानको मस्यौदामा देखिएको असमझदारी महासमिति बैठकबाट हल गर्न सुझाव दिंदै आएका छन् । गत बुधबारसम्मका लागि बोलाईएको बैठक अनिश्चित समयसम्मका लागि लम्बिएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















