Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

ए डिभिजन लिगः दशौँ चरणमा एनआरटी र मच्छिन्द्रको पहिलो जित

A-division_BWmphyP5mE-154-1545441303.jpg

७ पुष, हेटौँडा । काठमाडौँमा जारी शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारबाट सुरु भएको दशौँ चराणको खेलबाट न्युरोड टिम एनआरटी र मच्छिन्द्रले पहिलो जित निकालेका छन् । 
शुक्रबार भएको अर्को खेलमा न्युरोड टिम एनआरटीले ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्ने क्रममा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 
हल्चोकस्थित एपीएफ मैदानमा एनआरटीलाई जित दिलाउन इस्माइ यौबुए र सुशील लामाले एक एक गोल गरे । जवालाखेलका सुमन डंगोलले एक गोल फर्काए । 
जावलाखेलसंगको जितसंगै एनआरटीले १० खेलबाट ४ अंक जोडेको छ । एनआरटी अझै लिगको पुछारमा छ । पराजित जावलाखेलको ८ अंक छ । जावलाखेल दशौं स्थानमा छ ।
यस्तै शुक्रबारनै भएको अर्को खेलमा मछिन्द्र फुटबल क्लबले पनि पहिलो जित निकालेको छ । सरस्वती युथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मछिन्द्रलाई जित दिलाउन कप्तान विशाल राई, भसाडिया डियामान्डे, अनिल गुरुङ र विकास राईले एक एक गोल गरे  । 
सरस्वतीका फ्रान्सिस ओन्यामाले एक गोल फर्काउदा एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो जितसंगै मछिन्द्रले १० खेलबाट ६ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । सरस्वतीले १० खेलबाट १० अंक जोडेको छ  ।
यस्तै शुक्रबारकै अर्को खेलमा रहेको फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । फ्रेन्ड्सले १० खेलाडीमा सिमित हिमालयन शेर्पालाई २–१ गोल अन्तरले हराएको हो । 
एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सलाई जित दिलाउन संजोक महर्जन र जीवन गुरुङले एक एक गोल गरे । हिमालयन शेर्पाका गोहा प्याट्रिकले एक गोल गरे ।
जितसंगै फ्रेन्ड्सले १० खेलबाट ८ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । पराजित हिमालयन १४ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार