Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

चार जना पत्रकार प्रेस युनियन मकवानपुरमा आवद्ध

Press-Union-1545747452.jpg

१० पुस, हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन मकवानपुरमा चार जना सञ्चारकर्मीले औपचारिक रुपमा प्रवेश गरेका छन् । मंगलबार भीमफेदी गाउँपालिकाकाको सानुटारमा भएको वनभोज कार्यक्रमका अवसरमा शक्ति एफएमका स्टेशन म्यानेजर तथा तु–खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनी, तुखबर डटकम तथा शक्ति एफएममा आबद्ध सन्देश थिङ, हेटौंडा सन्देशमा आवद्ध भुवन घलान र टिम टेलिभिजनमा आवद्ध सविना तिल्सिनाले प्रेस युनियनमा औपचारिक रुपमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य रिना गुरुङ, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, निवर्तमान अध्यक्ष रुपेश दुलाल, पार्टी जिल्ला कोषाध्यक्ष गोपीलाल विक, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायले नवप्रवेशीलाई स्वागत गरेका थिए । 
वनभोज कार्यक्रमकै अवसरमा युनियनले चार वटा विभागको संयोजक समेत तोकेको छ । युनियनको प्रशिक्षण विभागमा उपाध्यक्ष मणिराज गौतमलाई संयोजक तोकिएको छ । त्यसैगरी कार्यक्रम विभागमा श्रीराम दाहाल, संगठन विभागमा बलराम पुडासैनी र आर्थिक विभागको संयोजकमा कोषाध्यक्ष विजय पौडेललाई चयन गरिएको छ । कार्यसमिति बैठकले बलराम पुडासैनी र श्रीराम दाहाललाई कार्यसमिति सदस्यमा मनोनितसमेत गरिएको छ । 
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता तथा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई दरिलो बनाइ राख्न पत्रकार जगतको महत्वपूर्ण भूमिका हुने भएकाले सदैव आफ्नो पेशाप्रति इमान्दार रहिरहन सबैलाई आग्रह गरे । वर्तमान सरकारले जनताको हितमा काम नगरेको भन्दै यसबारे समेत खबरदारी गर्न पत्रकारहरुलाई आग्रह थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार