Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३० बर्षदेखिका एमाले मकवानपुरका कार्यकर्ता कांग्रेसमा प्रवेश

५८ जना नेपाली कांग्रेसमा प्रवेश

6-1546091270.jpg

१४ पुस, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १७ वडा ईकाले शनिबार प्रशिक्षण, बृद्धबृद्धा क्रियाशिल सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । 
नेपाली कांग्रेस १७ नम्बर वडा सभापति धुव्रप्रसाद दुलालको सभाध्यक्षता एवं केन्द्रीय सदस्य तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा प्रशिक्षण, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हो । कार्यक्रममा ३० वर्षदेखि नेकपा एमालेका संगठित सदस्य रहेका गोविन्दप्रसाद नेपाल, ध्रुवप्रसाद अर्याललगायत नेकपा र राप्रपाका गरी ५८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रशिक्षक बद्री पाण्डे, जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार रिता खनाल, महासमिति सदस्य धर्मराज लामिछाने, नगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । केन्द्रीय सदस्य एवं प्रशिक्षक पाण्डे र विश्वरमण न्यौपानेले दिएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसमा योगदान पुर्याएका नेता, कार्यकर्तालाई सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु कृष्णप्रसाद सञ्जेल, कृष्णप्रसाद दाहाल, ईन्दिरा न्यौपाने, अमिक परियारलगायत भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार