१६पुस, हेटौँडा । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा पुस ११ गतेबाट १६ गते सम्म हेटौंडा ४मा रहेको लोकतान्त्रिकचौर(हुप्रचौर)मा जारी जिल्लास्तरीय बी.पी. कप– २०७५ रनिङ्ग शिल्ड फुटवल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाले हात पारेको छ
हेटौंडा उपमाहानगरपालिका वडा नम्बर ४ र बकैया गाउँपालिका बिचको फाईनल खेलमा हेटौंडा ४ लाई २–० ले पराजित गर्दै बकैया गाउँपालिकाले उपाधी जितेको हो ।
विजयी भएसंगै बकैया गाउँपालिकाले चाँदीको ५४ तोलाको रनिङ सिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको हेटौंडा ४ ले सिल्ड प्रमाणपत्र सहित नगद २५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे तथा प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस मकवानपुर पार्टी सभापति ईन्द्र बहादुर बानियाँले संयुक्त रुपमा प्रमाण पत्र र सिल्ड मेडल प्रदान गरेका थिए। प्रतियोगितामा मकवानपुर जिल्लाका ८ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडा गरी २५ टिमको सहभागिता रहेको थियो ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...