Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रचण्ड पार्क निर्माणस्थल नपुगेपछि स्थानीयको गुनासो

Park-1547647719.jpg

पार्क निर्माणस्थलबाट तल देखिएको झुरझुरे बजार ।

२ माघ, हेटौँडा । बाग्मति गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा निर्माण हुन लागेको सहिद पार्क स्थलमा तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउने भएपछि स्थानीय बासिन्दा कुरेर बसेका थिए । 
तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकारी सुरक्षकर्मीबिच भएको भिडन्त स्थलमा निर्माण हुन लागेको पार्कको बुधबार दिउँसो १२ बजे दाहालले उद्घाटन गर्ने उत्साहमा धेरै जना प्रतिक्षरत थिए । तत्कालिन माओवादीका कार्यकर्तादेखि झुरझुरेका सर्वसाधारण झुरझुरे बजार केही माथिको पार्क निर्माणस्थल पुगेर तयारीका साथ प्रचण्डको स्वागतमा बसिरहेका थिए । प्रचण्ड झुरझुरे पारीको खहरेमा आउँदासम्म पार्क उद्घाटनस्थलमा बाक्लो संख्यामा सर्वसाधारण पुगेका थिए । 
करिब १ बजेतिर झुरझुरे पुगेका प्रचण्ड पार्क निर्माण स्थलमा शिलान्यासका लागि तयार पारेको स्थानमा गएनन् । ५ मिनेटको उकालोमा पुगिने उद्घाटनस्थलमा प्रचण्ड नआउने खबर आएपछि सर्वसाधारण निरास हुँदै तल झरे । तल झरिरहेकाहरु प्रचण्ड मूख्य भिडन्तस्थल नपुगेकोमा गुनासो गर्दै थिए । २८ जना माओवादी नेता कार्यकर्ताले ज्यान गुमाएको स्थानमा किन नआएका होला भन्दै प्रश्न गर्नेहरु समेत थिए । केहीले भने प्रचण्डले आफ्नो कार्यकर्ताको बलिदानको अवमूल्यन गरेको भन्दै तल झर्दै थिए । 
तल गाउँपालिका भवन उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै प्रचण्डले त्यहीबाट पार्कको शिलान्यास भएको घोषणा गरे । शिलान्यास भएको घोषणा गर्दै दाहालले समय अभावका कारण आफु त्यहाँ पुग्न नसकेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०६२ साल माघ ८ गते राती भएको भिडन्तका क्रममा स्थानीय मानबहादुर बज्यु र प्रताप बज्यु, २८ माओवादी नेता कार्यकर्ता र सुरक्षाकर्मी गरी ठूलो संख्यामा ज्यानमा गएको थियो । त्यही भिडन्त स्थलमा सहिद स्तम्भ, भ्युटावर, पिकनिक स्थल, पैदल मार्गसहितको पार्क निर्माण गर्न लागेको सहिद पार्क निर्माण तथा ब्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर थिङले बताए । उनका अनुसार यसका लागि बाग्मति गाउँपालिकाले २० लाख रुपैँया विनियोजित गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

थप समाचार