Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

51179625_2242124389441742-1549034426.jpg

१८ माघ, हेटौँडा ।नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता हेटौंडा–१० स्थित टीसीएनको चौरमा सुरु भएको हो । 
 प्रतियोगिताको एक समारोहका बिच नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले उदघाटन गरेकी छिन । प्रतियोगितामा महिला र पुरुष गरी एकसय २० जना खेलाडी सहभागी रहेन नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्यले बताए ।  उनले खेललाई पुरुषतर्फ १३ र महिलातर्फ ११ समूहमा विभाजन गरेर खेलाइएको बताए ।  प्रतियोगितामा टीसीएन, तासिर, क्रियटिभ, पशुपतिनगर, नामटार, सनराइज, हटिया र हेटौंडा तेक्वान्दो डोजाङका खेलाडी सहभागीता रहेको छ भने प्रतियोगिता शनिबार सम्म खेलाईने छ । प्रतियोगिताका लागि करिब एकलाख ७० हजार रुपियाँ खर्च अनुमान गरिएको संघका सचिव प्रदीप कँडेलले जनाएका छन । 

प्रतियोगिताको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक मानबहादुर लाइबा, नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, नेपाली काँग्रेस खेलकुद विभाग सचिव युद थापा, तेक्वान्दो प्रशिक्षक माधव कोइराला, राखेपका कानुन शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय तेक्वान्दो महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुबबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । संघले केहि समय अगाडी जिल्लास्तरीय वीपी कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

51411439_2012287662152984-1549034427.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार