Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फिफा वरियतामा नेपालको स्थान यथावत

football-1549545013.jpg

२४ माघ, हेटौँडा । नेपाली पुरुष फुटबल टोली फिफा वरियताको १ सय ६१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबल महासंघले बिहीबार जारी गरेको वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा यथावत रहेको हो ।
दक्षिण एसियाली राष्ट्र मध्ये भारत अहिले पनि शीर्षस्थानमा रहेको छ । भारत फिफा बरियतामा ६ स्थान तल झर्दै १०३ औं स्थानमा रहेको हो । दक्षिण एसियाली राष्ट्रहरुमा माल्दिभ्स १५२ औं स्थानमा रहँदा भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन् ।
यस्तै एशियन कपको उपाधि उचालेको कतार भने ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५औं स्थानमा उक्लिन सफल भएको छ । कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रचेको थियो ।
विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ । यसैगरी, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् । उरुग्वे सातौँ स्थानमा रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार