१ मंसिर, हेटौंडा । मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् ।
श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत तीनजना तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत एकजना विद्यार्थीका लागि एकवर्ष बराबरको कलेजमा लाग्ने सम्पूर्ण शुल्क रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
बालबोधमा अध्ययनरत् बिष्णुमाया श्रेष्ठ, मीना तिमल्सिना र प्रतिमा सुवेदीलाई एकमुष्ट २५ हजार तीनसय ५० तथा सिटी कलेजमा अध्ययनरत शेलेष ढकाललाई एकवर्षको मासिक शुल्कबापतको १२ हजार रूपैयाँ गरी ३६ हजार तीनसय ५० रुपियाँ छात्रबृत्ति बापत प्रदान गर्न लागेको उनले बताए ।
उनले विद्यालय तथा कलेजको बार्षिक अभिभावक भेलाको समयमा रकम विद्यालयका शिक्षक तथा अभिभावकको बीचमा प्रदान गर्ने तयारी गरेका छन् । ‘पैसाकै अभावमा पढाई रोकिन्न हुन्न भन्ने मान्यताका साथ मैले सानो सहयोग गर्न लागेको हुँ । आगामी दिनमा पनि मेरोतर्फबाट सहयोग जारी रहनेछ’, उनले भने ।
उनका अनुसार खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएपनि शैक्षिक क्षेत्रमा भने पहिलो पटक सहयोग उपलब्ध गराउन लागिएको हो । ‘अब खेलसँगै शिक्षालाई पनि अगाडि बढाइनेछ’, उनले भने ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















