२० फागुन, हेटौँडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हेटौँडामा टि–२० क्रिकेट खेल्ने भएको छन् ।
हुप्रचौर खेल मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको पारस खड्का ११ र एमसिसी ११ बीच फागुन २५ गते मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । ब्लड क्यान्सरबाट प्रभावित मकवानपुरे क्रिकेट खेलाडि निरज श्रेष्ठको उपचारमा सहयोग जुटाउने उद्धेश्यले राष्ट्रिय क्रिकेट टोली र एमसिसी ११ बीच प्रतियोगिता हुन लागेको सोमबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित मेहबुब आलम, आरिफ शेख, आसिफ शेख, अमित श्रेष्ठ, सन्दिप जोरा, अनिल शाह, अनिलकुमार मण्डल, सोमपाल कामी, रामनरेश गिरी, दिपेन्द्रसिंह ऐरी, शशी केशरी र राजु खड्का छन् । एमसिसी ११ मा मकवानपुरका क्रिकेटरसहित सिजन्स व्याडका सुजिल कर्माचार्य, बड्स व्याडका बिजय कार्की, गायक कमल के क्षेत्री, गायिका विद्या तिवारी, फुटबलका राष्ट्रिय खेलाडि अञ्जन विष्ट र रञ्जन विष्टले खेल्ने छन् । क्रिकेट टोलीलाई हेटौँडा उपमहानगरपालिकाले सम्मान गर्दै हेटौंडा बजार परिक्रमा गराउने समेत कार्यक्रम रहेको छ ।
हेटौँडा क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट संघ, मदन भण्डारी स्पोर्टस एकेडेमीको र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक अनुप सिनोरियाले जनाएका छन् । मकवानपुरको क्रिकेट क्षेत्रको उत्थानमा लागेका श्रेष्ठको उपचारमा ५० लाख रुपैँया भन्दा बढि खर्च भईसकेको जनाईएको छ । राजिब गान्धी अस्पताल दिल्लीमा उपचाररत उनको उपचारमा अझै ५० लाखको हाराहारीमा खर्च लाग्ने बताउँदै आयोजकले मैत्रिपूर्ण प्रतियोगिताबाट २० लाख रुपैंया संकलन गर्ने लक्ष्य राखेको छ । उनी हाल मकवानपुर क्रिकेट संघका कोषाध्यक्ष रहेका छन् ।
टिकट खरिद गरी राष्ट्रिय टोलीको खेल हेर्ने अवसरसंगै क्रिकेट खेलाडिको उपचारमा सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रचारप्रसार संयोजक सानु लामा, सहसंयोजक निरजसिंह ठकुरी, प्रेम क्षेत्री, राष्ट्रिय एम्पायर विनोद बानियाँ लगायतको सहभागिता रहेको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















