Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले सम्झियो ‘गिरिजाबाबु’ लाई

Girija-1553171483.jpg

७ चैत, हेटौँडा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति गिरिजाप्रसाद कोइरालालाई कांग्रेस मकवानपुरले सम्झिएको छ । 
कोइरालाको ९ औं स्मृति दिवस पारेर विहिबार जिल्ला पार्टी कार्यालय हेटौँडामा कार्यक्रमको आयोजना गरी उनलाई सम्झिएको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहितका नेताहरुले कोइरालाको तस्बिरमा मल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए । 
कार्यक्रममा पार्टीका जिल्ला सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, गाउँपालिका संयोजकहरु, नगर अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरु, महिला संघ, नेविसंघ लगायतका भातृ संगठनका पदाधिकारी, नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 
कार्यक्रममा सहभागीहरुले १० बर्षे सशस्त्र द्वन्दको अन्त्यका लागि गिरिजाप्रसाद कोइरालाले गरेको १२ बुँदे बृहत शान्ति सम्झौता, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापनामा खेलेको भूमिका लगायतबारे चर्चा गरेका थिए ।
यसैगरी, नेपाली कांग्रेस मकवानपुरका पुराना नेता चन्द्रनारायण श्रेष्ठको निधनमा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । विहिबार निधन भएका श्रेष्ठको राप्तितटमा भएको अन्त्येष्टीका क्रममा पार्थिव शरिरमा पार्टीको झण्डा ओढाईएको हो । श्रद्धाञ्जली कार्यक्रममा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । २००७ सालको क्रान्तिका योद्धा समेत रहेका श्रेष्ठ हेटौँडा २ नम्बर वडाका पूर्व सदस्य समेत रहेका थिए । उनी नेपाली कांग्रेस हेटौँडा वडा नम्बर २ का सचिव विश्वनारायण श्रेष्ठका पिता हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार