७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अब मकवानपुरे जनताहरुले बासको प्यारापिटमा बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका छन ।
बिहिबारबाट हेटौँडा १०मा रहेको फरेष्ट्रीको खेलमैदानमा सुरु भएको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकपको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले छिट्टै हेटौँडा उपमहानगरको सहकार्यमा हुप्राचौरमा सुविधासम्पन्न प्यारापिट सहितको खेलमैदानको निर्माण हुने र त्यसपछि मकवानपुरे जनताहरुले बासको प्यारापिटमा बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका हुन ।
मुख्यमन्त्री पौडेलले मकवानपुर राष्ट्रिय फुटबलको क्षेत्रमा महान खेलाडिहरु जन्माउन सफल भएको जिल्ला भएको भन्दै मकवानपुरमा फुटबलको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । त्यसैगरी उनले हेटौँडा ६ मा रहेको गौरिटारमा रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउने समेत बताए ।
उदघाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बाँनीयाले फुटबल लोकप्रिय खेल भएकोले प्रदेश सरकार त्यसको विकासमा लागि लाग्नु पर्ने बताए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत,बागमती गाउपालिका अध्यक्ष सरकेश घलान, हेटौँडा ५का वडाध्यक्ष राजेश बानिया, शिक्षासेवी पुरनबहादुर जोशी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको थियो।
चैत ७ गते बाट चैत १६ गते सम्म चल्ने फुटबल प्रतियोगिताम आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब सहित राष्ट्रियस्तरको ए डिभिजन क्लबका आठ टोलीको सहभागिता रहेको छ
प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















