Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अब मकवानपुरमा बासको प्यारापिटमा बसेर फुटबल हेर्नुनपर्नेः मुख्य मन्त्री पौडेल

55540668_405727019985952_-1553184070.jpg

७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अब मकवानपुरे जनताहरुले बासको प्यारापिटमा  बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका छन ।  
बिहिबारबाट हेटौँडा १०मा रहेको फरेष्ट्रीको खेलमैदानमा सुरु भएको दोश्रो भुगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकपको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले  छिट्टै हेटौँडा उपमहानगरको सहकार्यमा हुप्राचौरमा सुविधासम्पन्न  प्यारापिट सहितको खेलमैदानको निर्माण हुने र त्यसपछि मकवानपुरे जनताहरुले बासको प्यारापिटमा  बसेर फुटबल हर्नुपर्ने बाध्यताको अनत्य हुने बताएका हुन  ।  
मुख्यमन्त्री पौडेलले मकवानपुर राष्ट्रिय फुटबलको क्षेत्रमा महान खेलाडिहरु जन्माउन सफल भएको जिल्ला भएको भन्दै मकवानपुरमा फुटबलको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । त्यसैगरी उनले हेटौँडा ६ मा रहेको गौरिटारमा रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउने समेत बताए ।
उदघाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका  नेता इन्द्रबहादुर बाँनीयाले फुटबल लोकप्रिय खेल भएकोले प्रदेश सरकार त्यसको विकासमा लागि लाग्नु पर्ने बताए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत,बागमती गाउपालिका अध्यक्ष सरकेश घलान, हेटौँडा ५का वडाध्यक्ष राजेश बानिया, शिक्षासेवी पुरनबहादुर जोशी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको थियो।
चैत ७ गते बाट चैत १६ गते सम्म चल्ने फुटबल प्रतियोगिताम आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब सहित राष्ट्रियस्तरको ए डिभिजन क्लबका आठ टोलीको सहभागिता रहेको छ 
प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।
    

54394368_2000169546772115-1553184071.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार