७ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ अन्तर्गत् पाँच दिनमा पाँच करोड रुपियाँको कारोबार भएको बताइएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत् मंगलबारसम्ममा पाँच करोड रुपियाँको कारोबार भएको र एकलाख जनाले मेला अवलोकन गरिएको बताइएको छ । नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सव मंगलबारमात्र करिब १५ हजार जनाले अवलोकन गरेको बताइएको छ ।
मेलामा विशेष दशवटा सुमो तथा सानो अटोका साधनहरु बुकिङ भएको, जाडो महिना स्टल, स्पोर्टस् सामान, भाडाकुँडा तथा बाल उद्यान बढी कारोबार भएको बताइएको छ । ‘मेलामा सहभागी हुनेहरुको संख्या बढिरहेको छ । हामीले सोचेअनुसारकै दर्शकहरु आइरहनु भएको छ’, आयोजक भोम्जन प्रतिष्ठान अध्यक्ष भेष खड्गी अनुसार मंसिर १३ गते सोमबारसम्म सञ्चालन हुने मेलामा करिब दश करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
‘सबै स्टल सञ्चालकहरु खुशी देखिन्छन् । हामी पनि व्यवस्थापनमा केन्द्रीत छौं,’ उनले भने । ‘खेलकुद, व्यापार र मनोरञ्जनको संगम भएकाले पनि हुनुपर्छ मेला भर्न आउनेहरुको संख्या व्यापक रहेको छ’, अध्यक्ष खड्गी भने । उनका अनुसार मेलामा मंगलबार आएका कलाकारहरुले पनि मेला भर्न आएकाहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । मंगलबार चर्चित लोक गायिका कोमल ओली, रितु कँडेल, लोक गायक मदन बिष्ट, मुक्तिनाथ उप्रेती, बाँदल प्रसाईं, आरम्भ व्याण्ड, हास्यकलाकार गणेश केसी तथा स्थानीय कलाकारहरुले मनोरञ्नात्मक कोसेली प्रस्तुत गरेका थिए ।
तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक आज बुधबार र भोली बिहीबार कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ ।
महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ ।
तस्बिर सौ.: कविराज हुमागाई
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















