७ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ अन्तर्गत् पाँच दिनमा पाँच करोड रुपियाँको कारोबार भएको बताइएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत् मंगलबारसम्ममा पाँच करोड रुपियाँको कारोबार भएको र एकलाख जनाले मेला अवलोकन गरिएको बताइएको छ । नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सव मंगलबारमात्र करिब १५ हजार जनाले अवलोकन गरेको बताइएको छ ।
मेलामा विशेष दशवटा सुमो तथा सानो अटोका साधनहरु बुकिङ भएको, जाडो महिना स्टल, स्पोर्टस् सामान, भाडाकुँडा तथा बाल उद्यान बढी कारोबार भएको बताइएको छ । ‘मेलामा सहभागी हुनेहरुको संख्या बढिरहेको छ । हामीले सोचेअनुसारकै दर्शकहरु आइरहनु भएको छ’, आयोजक भोम्जन प्रतिष्ठान अध्यक्ष भेष खड्गी अनुसार मंसिर १३ गते सोमबारसम्म सञ्चालन हुने मेलामा करिब दश करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
‘सबै स्टल सञ्चालकहरु खुशी देखिन्छन् । हामी पनि व्यवस्थापनमा केन्द्रीत छौं,’ उनले भने । ‘खेलकुद, व्यापार र मनोरञ्जनको संगम भएकाले पनि हुनुपर्छ मेला भर्न आउनेहरुको संख्या व्यापक रहेको छ’, अध्यक्ष खड्गी भने । उनका अनुसार मेलामा मंगलबार आएका कलाकारहरुले पनि मेला भर्न आएकाहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । मंगलबार चर्चित लोक गायिका कोमल ओली, रितु कँडेल, लोक गायक मदन बिष्ट, मुक्तिनाथ उप्रेती, बाँदल प्रसाईं, आरम्भ व्याण्ड, हास्यकलाकार गणेश केसी तथा स्थानीय कलाकारहरुले मनोरञ्नात्मक कोसेली प्रस्तुत गरेका थिए ।
तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक आज बुधबार र भोली बिहीबार कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ ।
महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ ।
तस्बिर सौ.: कविराज हुमागाई
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




