७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र नगरपालिकामै धेरै अधिकार रहनेछन् । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति, मकवानपुरले शुक्रबार हेटौँडामा गरेको छलफल कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
समितिले राजनितिक दलका प्रतिनिधि र पत्रकारहरुसँग छुट्टाछुट्टै छलफल, परामर्श गरेको थियो । कार्यक्रममा गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको कार्यबिधीबारे जानकारी दिईएको थियो ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले गाउँपालिका, नगरपालिकाका आधार तथा मापदण्डहरु, केन्द्र तोक्ने आधार, स्थानीय निकाय र स्थानीय सरकारमा फरक, साविकमा र अब हुने सेवा प्रवाहहरु, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्ने आधारहरु, शर्तहरु लगाएतका बिषयमा जानकारी दिएका थिए । कार्यक्रममा स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् जिल्ला बिकास समिति मकवानपुरका स्थानीय बिकास अधिकारी लक्ष्मण बिक्रम थापाले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।
सरोकारवालासँगको छलफललाई तिब्रता
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति मकवानपुरले कार्ययोजना बनाएरै सरोकारवालासँगको छलफललाई तिब्रता दिएको छ । साउन ५ र ६ गते आन्तरिक तयारी र कार्ययोजना निर्माण गरेको समितिले साउन २८ गते आयोगलाई प्रतिबेदन पठाउने तयारी गरेको छ । साउन ९ गते गाबिस सचिव र कार्यालय प्रमुखहरुसँग, साउन १० गते नागरिक समाज, अगुवा व्यक्ति र गैरसरकारी संस्थाका प्रतिनिधीसँग र साउन ११ गते साँसद, पूर्वमन्त्री, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञसँग छलफल गर्ने योजना छ ।
साउन १३ गते मन्त्री, पूर्वमन्त्री, साँसद, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञहरुको सहभागितामा जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी गरिनेछ । त्यस्तै, साउन १४ गतेदेखि २४ गतेसम्म सम्भावित÷प्रस्तावित गाउँपालिका, नगरपालिकाका स्थानीय सरोकारवालाहरुको सहभागितामा स्थानीय परामर्श कार्यशाला गोष्ठी गरिने स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिबिसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी दिए । साउन २६ गते मन्त्री, पूर्वमन्त्री, साँसद, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञहरुको सहभागितामा जिल्लास्तरीय कार्यशाला गोष्ठी गरि गाउँपालिका र नगरपालिकाको संख्या, नाम, केन्द्र तथा सीमाना निर्धारण गरिने बताईएको छ । सञ्चारमाध्यमहरुबाट सूचना प्रवाह गर्ने जनाउँदै समितिले सुझाबहरु दिन सार्वजनिक रुपमा आव्हान समेत गरेको छ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




