८ मंसिर, हेटौंडा । आर्थिक वर्ष २०७४÷७५ को जिल्ला विकास योजना तर्जूमाका लागि पूर्व योजना तर्जुुमा गोष्ठी हेटौंडामा सम्पन्न भएको छ । सहभागितामूलक योजना तर्जुमाको चौधौं चरणको प्रक्रिया अनुसार पूर्व योजना तर्जूमा गोष्ठी जिल्ला विकास समितिको सभाहलमा भएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दैै जिल्ला विकास समिति मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले हालसम्म केन्द्रबाट बजेट सिलिङ नआएका कारण गत आर्थिक वर्षको मार्गदर्शनमा आधारित भएर योजना निर्माण गरिएको जानकारी दिए । समयभित्र पूर्व योजना तर्जूमा गोष्ठी सक्नुपर्ने भएका कारण गत आर्थिक वर्षको भन्दा १० प्रतिशत बजेट बृद्धि गरी योजना बनाइए पनि मार्गदर्शन आएपछि त्यसैमा आधारित भएर अघि बढ्ने जानकारी दिए ।
उनका अनुसार मुलुक संघीयतामा जाने प्रक्रियामा रहेकोले केही फरक भएपनि आधारभूत रुपमा विगतका वर्षहरुमा जस्तै योजना निर्माण गरिने बताउँनुभयो । उनले जिल्ला विकास समितिले केन्द्रको निर्देशन, जनताको भावना, नीति निर्देशिका भित्र रहेर काम गरिने स्पष्ट पारे ।
कृषि, पर्यटन, उर्जा, ग्रामीण विकास, सामाजिक विकास, मानव विकास, जनमैत्री सेवा, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता निर्देशक सिद्धान्तभित्र रही योजना निर्धारण गरिने उहाँले जानकारी दिए । योजना निर्माणका क्रममा शिक्षा, स्वास्थ्य, समावेशीता जस्ता विषयमा पनि ध्यान दिइने योजना, अनुगमन तथा प्रशासकीय अधिकृत न्यौपानेको भनाई थियो ।
एउटा निर्वाचन क्षेत्रमा एउटा ठूला भौतिक संरचना बनाउने, भौतिक निर्माणका क्रममा वातावरणलाई ख्याल गर्ने विषयलाई जिविसले ध्यान दिनेछ । पूर्ण सरसफाई, खोप, साक्षर जस्त यसअघि सञ्चालन भएको अभियानलाई निरन्तरता दिइने र सन्तुलित विकासमा ध्यान दिने जिविसको योजना छ ।
कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पूर्व योजना तर्जूमा गोष्ठी योजना तर्जूमाको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । जिल्लाको विकास सरोकारवाला सबै पक्षको पहल र सक्रियतामा सम्भव हुने भन्दै उनले विकाससँग सम्बन्धित बहुपक्षीय सरोकारवालाहरु बीच भएको गोष्ठीले जिल्लाको विकासमा महत्वपूर्ण योगदान दिने बतााए ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका भीम पाख्रिन, नेकपा माओवादी क्रान्तिकारीका जिल्ला संयोजक दिलबहादुर घिसिङ, जिल्ला बन कार्यालयका प्रमुख राजेन्द्र न्यौपाने, अपाङ्ग जिल्ला समन्वय समितिका नवराज पौडेल, गैरसरकारी संस्था महासंघका जिल्ला सहसचिव पुष्पपराग पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरुले जिल्लाको विकासमा नागरिकको भावना समेट्न र जनताको विश्वास जीतेर अघि बढ्न सुझाव दिएका थिए ।
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...