Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्लास्तरीय दौड प्रतियोगितामा मिजार प्रथम

Tarun-Dal-1555224672.jpg

१ बैशाख हेटौँडा । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईले गरेको जिल्लास्तरीय खुल्ला दौड प्रतियोगितामा सन्जिव मिजार प्रथम भएका छन् । दौडमा निर्धारित ५ किलोमिटरको दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् । 
दौडमा १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै शरण थिङ तेस्रो भए । १७ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै देवेन्द्र ढकाल चौथो र १७ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी सविन व्लोन पाँचौ भए । प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँयासहित शिल्ड र मेडल प्राप्त गरे भने चौथोले नगद २ हजार रुपैँया र पाँचौ हुनेले नगद १ हजार रुपैँया प्राप्त गरे । 
विजयी खेलाडिहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए । 
तरुण दल हेटौँडा ६ नम्बर इकाई अध्यक्ष एवं वडा सदस्य राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, कांग्रेस ६ नम्बर इकाई अध्यक्ष रामहरी तिमल्सिना, नेता होमनाथ गौतम लगायत, इकाई सचिव भरत सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । तरुण दलले बर्षेनी गर्दै आएको दौडमा यसपटक मकवानपुरका ३५ जना धावकको सहभागिता रहेको थियो । दौडको पुरस्कार र शुभकामना आदानप्रदान कार्यक्रमका लागि स्थानीय संघसंस्था र समाजसेवीले आर्थिक सहयोग गरेका थिए ।

Tarun-Dal1-1555225086.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार