Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

समयमा नआएकाले मन्त्री छुटेको बुद्ध एयरको भनाई

Buddha-Air-1555433952.jpg

File Photo

३ बैशाख, काठमाडौँ । बुद्ध एयरको भैरहवा–काठमाडौं उडानका लागि सोमबारको टिकट लिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टोली समयमै विमानस्थलमा आइनपुगेकाले छुटेको कम्पनीले दाबी गरेको छ । बाँस्कोटाले बुद्धले आफूहरूलाई छाडेर उडेको अभिव्यक्ति दिएपछि कम्पनीले मंगलबार विज्ञप्तिमार्फत खण्डन गरेको हो । 
प्यूठानको गौमुखी गाउँपालिकामा कार्यक्रम उद्घाटनका लागि आइतबार त्यसतर्फ गएका मन्त्रीको टोलीको सोमबार बेलुकी फर्किने टिकट थियो। तर भैरहवा विमानस्थलका कर्मचारी र सुरक्षा निकायबाट बाँस्कोटाको उडान मंगलबार बिहानका लागि सारिदिन अनुरोध आएको कम्पनीले जनाएको छ।
'काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो'–विज्ञप्तिमा उल्लेख छ ।
६८ यात्रुलाई बोर्डिङ गराइसकेको विमान भैरहवाबाट ८ बजे बेलुकी उडेको थियो। यात्रु जहाजमा राखेलगत्तै मन्त्री र उनको टोली त्यसै उडानमा जाने खबर प्राप्त भएको तर कुर्न नसक्ने अवस्था आइपरेको कम्पनीले दाबी गरेको छ। 'मौसम खराबीका कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं र्फकनुपर्ने बाध्यता थियो। त्यसैअनुरूप सबै यात्रुलाई विमानमा बसालिसकेका थियौं। त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०/२५ मिनेट दूरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नुहुने जानकारी दिनुभयो'–विज्ञप्तिमा भनिएको छ।
मन्त्रीलाई कुरेको भए अर्को जोखिम आइलाग्न सक्ने कम्पनीको दाबी छ। ुयदि अर्को ३०र३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले उक्त उडान भैरहवामै रात्रि विश्राम गर्नुपर्ने अवस्था आउन सक्थ्यो, जसबाट बाँकी ६८ यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपथ्र्यो,ु विज्ञप्तिमा भनिएको छ। सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व रहेको पनि कम्पनीले प्रस्ट पारेको छ ।
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार