१० मंसिर, हेटौँडा । हेटौंडा-१९ स्थित हटिया चिसापानीमा रहेको शक्तेश्वर मन्दिरको स्तरोन्नती गर्ने उद्वेश्यले यही मंसीर २० गतेदेखि २८ गतेसम्म चिसापानी स्थित शक्तेश्वर मन्दिर परिसरमा वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालगन गरिने भएको छ ।
समितिले शुक्रवार हटियामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सप्ताह ज्ञानमहायज्ञका संयोजक लोकनाथ चौलागाईले मन्दिरको स्तरोन्नती, मन्दिर क्षेत्रको तारवार, पुष्पबाटिका निर्माण, बेहुली कोठा, जन्ती बस्ने कोठाको निर्माण गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको बताए । महायज्ञका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेशकुमार धिमालले सप्ताह ज्ञान महायज्ञमा करीव ५० लाख आर्थिक संकलन हुने बताए ।
सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित गणेश उपमन्यु ढकालले संगीतमय कथावाचन गर्ने आयोजकले जनाएको छ । सप्ताहलाई व्यवस्थित गर्न समाजसेवी लोकनाथ चौलागाईको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । यसैगरी सप्ताह ज्ञान महायज्ञलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । रामकृष्ण कोईरालाको संयोजकत्वमा प्रचारप्रसार, ठाकुरदत्त खतिवडाको संयोजकत्वमा खरीद,भीमप्रसाद ढकालको संयोजकत्वमा मञ्च तथा प्रसाद, शिवप्रसाद नेपालको संयोजकत्वमा शोभायात्रा तथा पूजा, ईश्वरीप्रसाद दंगालको संयोजकत्वमा आवास तथा भान्सा, गोविन्द दुलालको संयोजकत्वमा विधुत र पानी,राजकुमार बास्तोलाको संयोजकत्वमा यातायात, लक्ष्मण दुलालको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।
रामकृष्ण तिवारीको संयोजकत्वमा भौतिक निर्माण, देवकुमार घिमिरेको संयोजकत्वमा स्यमसेवक, कुमार थापाको संयोजकत्वमा स्लो बाईक रेस, जयप्रकाश घिमिरेको संयोजकत्वमा रक्तदान कार्यक्रमको जिम्मेवारी दिईएको छ । मंसीर १७ गते स्लोबाईक रेस, १८ गते वृहत मोटरसाईकल यात्रा संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । २० गते समुदघाटन र २१ गतेदेखि झाँकी सहित संगीतमय कथाप्रवचन गरिने आयोजक समितिले जनाएको छ ।
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...