१३ मंसिर, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले सञ्चारमाध्यमका समाचारलाई चासोका साथ ‘फलो’ गर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ दुवाडीले जिल्लाका सञ्चारमाध्यममा आएका समाचारलाई गम्भिरतापूर्वक पछ्याउने बताएका हुन् ।
संचारमाध्यमले उजागर गरेका कमी कमजोरीबारे सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराई सुधारका लागि प्रयास गर्ने उनले बताए । प्रधानमन्त्री कार्यालय अन्तरगतको ‘हेल्लो सरकार’ मा रहँदाको आफ्नो अनुभव सुनाउँदै प्रजिअ दुवाडीले जिल्लाबासीका समस्या समाधानका लागि आप्mनो कार्यकाल खर्चिनेमा जोड दिए । उनले समाजमा भएका सकारात्मक कामको प्रवद्र्धन र कमी कमजोरीको सुधारका लागि आफु सधैं अग्रसर रहने बताउँदै यसमा सञ्चारमाध्यमको सहयोग रहने अपेक्षा गरे । उनले सूचनाको हक कार्यान्वयनका लागि आफुले पहल रहने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्टले मकवानपुरमा सुगम भन्दा दुर्गम क्षेत्र बढि भएकाले भुगोलबारे अध्ययन गरेर काम गर्न सके सफलता हासिल गर्न सकिने तर्फ प्रजिअ दुवाडिको ध्यानाकर्षण गराए । उनले सकारात्मक काममा मकवानपुरे सञ्चारकर्मी सधैं प्रशासनको पक्षमा रहने भन्दै जनताको हितमा बढि समय खर्चिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहालले प्रजिअले जिल्लामा सबै क्षेत्रबीच समन्वयको भूमिका निर्वाह गर्नुपर्ने भन्दै प्रजिअले दृढताका साथ काम गर्दा अन्य सरकारी निकायको काममा समेत सुधारात्मक संकेत देखिनेमा जोड दिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगरसहित मकवानपुरमा क्रियाशिल छापा एवं विद्युतिय सञ्चारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















