भीमसेन पौडेल
१४ मंसिर, हेटौडा । हेटौडा–२९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहले मंगलवार सार्वजनिक सुनुवाई तथा जनलेखापरीक्षण कार्यक्रमको आयोजना गरेको छ । गत आव ०७२/०७३ मा सम्पन्न गरेका कामहरु र चालु आव ०७३/०७४ मा गरिने सामुदायिक वन सम्वन्धि क्रियाकलापहरको बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा समूहका कोषाध्यक्ष अमृत पाठकले गत आव ०७२/०७३ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७३/०७४ को लागि करीव २८ लाखको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । समूहले गत आवमा करीव ८१ लाखको कारोवार गरेको थियो । यस आवमा वन व्यवस्थापन, वृक्षारोपण, तारवार, कार्ययोजना नवीकरण, आयआर्जन, अतिक्रमण नियन्त्रण, संस्थागत विकास, सामाजिक विकास निर्माण लगायतका कामहरु गरिने समूहकी सचिव ओममाया बत्तौलाले जानकारी दिए ।
कार्यक्रममा उपभोक्ताहरुले वनको व्यवस्थापन, चोरीनिकास नियन्त्रण, वनपैदावार वितरण प्रणाली, आयआर्जन, वनको रेखदेख लगायतका विषयहरुमा कार्यसमितिले विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए । समूहका अध्यक्ष मनहरी वर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका महासचिव शम्भुप्रसाद न्यौपाने, समूहका पूर्व अध्यक्ष अक्कलबहादुर जिम्मा, सल्लाहकार हरीप्रसाद पण्डित, हरीवंश भेटवाल, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । ४ सय २ हेक्टर क्षेत्रफल रहेको यो समूहमा करीव ७ सय उपभोक्ता रहेका छन ।
कार्यक्रममा वन कार्यालयका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, उपभोक्ता र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




