Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनहितको सार्वजनिक सुनुवाई

janahit-1480403560.jpg

भीमसेन पौडेल
१४ मंसिर, हेटौडा ।
 हेटौडा–२९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहले मंगलवार सार्वजनिक सुनुवाई तथा जनलेखापरीक्षण कार्यक्रमको आयोजना गरेको छ । गत आव ०७२/०७३ मा सम्पन्न गरेका कामहरु र चालु आव ०७३/०७४ मा गरिने सामुदायिक वन सम्वन्धि क्रियाकलापहरको बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

  कार्यक्रममा समूहका कोषाध्यक्ष अमृत पाठकले गत आव ०७२/०७३ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७३/०७४ को लागि  करीव २८ लाखको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । समूहले गत आवमा करीव ८१ लाखको कारोवार गरेको थियो । यस आवमा वन व्यवस्थापन, वृक्षारोपण, तारवार, कार्ययोजना नवीकरण, आयआर्जन, अतिक्रमण नियन्त्रण, संस्थागत विकास, सामाजिक विकास निर्माण लगायतका कामहरु गरिने समूहकी सचिव ओममाया बत्तौलाले जानकारी दिए ।

कार्यक्रममा उपभोक्ताहरुले वनको व्यवस्थापन, चोरीनिकास नियन्त्रण, वनपैदावार वितरण प्रणाली, आयआर्जन, वनको रेखदेख लगायतका विषयहरुमा कार्यसमितिले विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए । समूहका अध्यक्ष मनहरी वर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका महासचिव शम्भुप्रसाद न्यौपाने, समूहका पूर्व अध्यक्ष अक्कलबहादुर जिम्मा, सल्लाहकार हरीप्रसाद पण्डित, हरीवंश भेटवाल, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । ४ सय २ हेक्टर क्षेत्रफल रहेको यो समूहमा करीव ७ सय उपभोक्ता रहेका छन ।

 कार्यक्रममा वन कार्यालयका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, उपभोक्ता र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार