Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसद बानियाँलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी

FB_IMG_1479911778173-1480413435.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री जिम्मेवारी पाउने भएका छन् । 

मंगलबार बानियाँसहित काँग्रेसको तर्फबाट राज्यमन्त्री बन्नेहरूको मन्त्रालय टुंगो लागेको हो । राष्ट्रिय संचारमाध्यम कान्तिपुरको अनलाइन संस्करणले यसलाई यसरी खबर बनाएको छ ।

..........

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थप १० राज्यमन्त्री नेपाली कांग्रेसले सिफारिस गरेको छ । 

योसँगै दाहालको मन्त्रीमण्डलको संख्या ४१ पुगेको छ । यस अघि ४ राज्य मन्त्रीसहित ३१ सदस्यीय मन्त्रीमण्डल थियो । कांग्रेसले आफूले नेतृत्व गरेको १० मन्त्रालयमा १० राज्यमन्त्रीलाई पठाउन लागेको हो । 

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीमार्फत पार्टीको तर्फबाट १० जना राज्यमन्त्रीको नाम पठाएका हुन् ।

निधीले राज्यमन्त्रीहरूको लिस्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेका छन् । थप भएका कांग्रेसका राज्यमन्त्रीहरूमा दीर्घसिंह भाट (भौतिक पूर्वाधार तथा यातायात), सिताराम मेहता (वन), तारामान गुरूङ (स्वास्थ्य), सुरेन्द्र आचार्य (सिचाई), सुवर्ण ज्वारचन (शहरी विकास), इन्द्र बाँनिया (पर्यटन), दिलिप गच्छदार (श्रम), दीपक खड्का (खानेपानी), कञ्चन बादे (उद्योग) र मिठु मल्ल (वाणिज्य) छन् । 

स्रोतका अनुसार सम्पूर्ण राज्यमन्त्रीहरूको सपथग्रहण बुधबार हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार