२२ बैशाख, हेटौँडा ।चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्ष राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गर्ने भएको छ ।
चप संघ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो । पुरस्कारको राशी नगद १० हजार रहेको चपस मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।
त्यसैगरी चलचित्र पत्रकार संघ मकवानपुरल चलचित्र पत्रकारिता दिवसको अवसरमै चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई नगद ५ हजार सहित पुरस्कृत गर्ने चलचित्र पत्रकार संघ मकवानपुरले जनाएको छ ।
त्यस्तै मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्धन्द निर्देशक ÷ कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको संघका सचिव श्रीराम अर्जुनले बताएका छन ।
संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो । भने यस अघि कलाकार भोलाराज सापकोटा, अमिर गौतम, सुशान्त कुमार श्रेष्ठलाई कलाकारिता सम्मान प्रदान गरेको थियो
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















