Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रिय सुरक्षामा खतरा बढ्यो : कमल थापा

20161201_142900-1480588070.jpg

१६ मंसिर, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले पछिल्लो समय देशको राष्ट्रिय सुरक्षामा खतरा बढेर गएको बताएका छन् । 
राप्रपाले मकवानपुरको हेटौँडामा विहिबार गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले देश टुक्र्याउन विखण्डनकारी शक्ति सक्रिय भएर लागेको भन्दै वेलैमा समस्या समाधान गर्न नसके राष्ट्रिय सुरक्षामा खतरा आउने बताए ।  ठूला राजनैतिक दलहरु समस्या समाधानमा भन्दा पनि कुर्सी र सत्ता केन्द्रित भएको उनको आरोप छ । आन्तरिक राजनीतिमा समेत बाह्य शक्तिको चलखेल बढेको भन्दै यसको अन्त्यका लागि राप्रपा बलियो शक्तिको रुपमा आएको थापाको भनाई छ ।
कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले हरेक क्षेत्रमा राजनीतिकरण गरेर ठूला दलले देशलाई अस्तव्यस्त बनाएको बताए । उनले काँग्रेस र कम्प्युनिष्टले सत्तालाई देशको भन्दा पार्टीको स्वार्थमा प्रयोग गर्दा अर्थतन्त्र धरासायी भएको बताए । छिमेकी दुई देशले आर्थिक रुपमा फड्को पारेपनि नेपाल भने आर्थिक रुपमा कमजोर बन्दै जानुमा काँग्रेस र कम्प्युनिष्टको हात रहेको राणाको जिकिर थियो ।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, केन्द्रिय सदस्य विक्रम पाण्डे लगायतले देशको बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाल आएको भन्दै जनताको समृद्ध नेपालको सपना पुरा हुने दावि गरे । कार्यक्रम राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष शिबराम थापाको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार