१६ मंसिर, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले पछिल्लो समय देशको राष्ट्रिय सुरक्षामा खतरा बढेर गएको बताएका छन् ।
राप्रपाले मकवानपुरको हेटौँडामा विहिबार गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले देश टुक्र्याउन विखण्डनकारी शक्ति सक्रिय भएर लागेको भन्दै वेलैमा समस्या समाधान गर्न नसके राष्ट्रिय सुरक्षामा खतरा आउने बताए । ठूला राजनैतिक दलहरु समस्या समाधानमा भन्दा पनि कुर्सी र सत्ता केन्द्रित भएको उनको आरोप छ । आन्तरिक राजनीतिमा समेत बाह्य शक्तिको चलखेल बढेको भन्दै यसको अन्त्यका लागि राप्रपा बलियो शक्तिको रुपमा आएको थापाको भनाई छ ।
कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले हरेक क्षेत्रमा राजनीतिकरण गरेर ठूला दलले देशलाई अस्तव्यस्त बनाएको बताए । उनले काँग्रेस र कम्प्युनिष्टले सत्तालाई देशको भन्दा पार्टीको स्वार्थमा प्रयोग गर्दा अर्थतन्त्र धरासायी भएको बताए । छिमेकी दुई देशले आर्थिक रुपमा फड्को पारेपनि नेपाल भने आर्थिक रुपमा कमजोर बन्दै जानुमा काँग्रेस र कम्प्युनिष्टको हात रहेको राणाको जिकिर थियो ।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, केन्द्रिय सदस्य विक्रम पाण्डे लगायतले देशको बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाल आएको भन्दै जनताको समृद्ध नेपालको सपना पुरा हुने दावि गरे । कार्यक्रम राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष शिबराम थापाको अध्यक्षतामा भएको थियो ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




