Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्‍यो :नेता बानिया

61009904_302002447380864_-1558436992.jpg

७ जेठ, हेटौँडा । कांग्रेस मकवानपुर सभापति एवं प्रदेश नम्बर ३ संसदिय दलका नेता  ईन्द्रबहादुर बानियाँले सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरेको आरोप लगाएका छन ।  चलचित्र पत्रकार संघ मकवानपुरले १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा  मंगलबार हेटौँडामा आयोजित चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दे नेता बानियाले यसो बताएका हुन । 
उनले कांग्रेसले सदनबाट यस सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल गठनसम्बन्धी विधेयकको विरोध गर्ने बताएका छन । नेता बानियाँले पत्रकारहरुले पत्रकारीताको सिद्धान्त अनुरुपमा काम गर्नुपर्ने बताउदै केही पत्रकारहरुको पित पत्रकारीताले गर्दा सिङ्गो पत्रकारीता क्षेत्र बदनाम भएको बताए ।
चपस मकवानपुरका अध्यक्ष मणीराज  गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ संसद प्रेम बहादुर पुलामी,न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पराजुली ,लगायत नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यष प्रताप विष्ट, सल्लाहकार गिरिजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बानका उज्जवल चौँलागाई, संघका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, काग्रेस हेटौँडा नगर सभापतिअनान्दराम पराजुली, पत्रकार निराजन भण्डारी, कलाकार शोभिता सिम्खडा, सुशान्त कुमार श्रेष्ठ, उज्जवल भण्डारी ,मउवा संघ मकवानपुरका उपाध्यक्ष  माधव न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । चलचित्र पत्रकार संघ मकवानपुरले १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा २ जनालाई नगद राशि सहित सम्मान गरेको छ । 

61004150_2246558675659570-1558436992.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार