८जेठ,बुटवल। संसदीय मामिला पत्रकार समाज प्रदेश ५ले संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश ५ को लुम्बिनीमा आयोजना गरेको तिन दिने तालिम बुधबार सम्पन्न भएको छ ।
खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डीआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद्, संसदीय समितिहरुमा समाचारका श्रोत, संसदमा खोज पत्रकारितालगायतका विषयमा सहजीकरण गरेका थिए ।
तालिम समापनको अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद घिमिरेले प्रदेशस्तरमा संसदीय पत्रकारिता अभ्यासलाई स्तरीय बनाउनका लागि निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम जरुरी रहेको बताए ।
युएनडीपीका प्रतिनिधि दिला पन्तले पत्रकारहरुको क्षमता अभिवृद्धिले समाजमा सही सूचना सम्प्रेषण हुने भएकाले पत्रकारहरु हरदम नौला नौला विषयमा पनि जानकार रहनुपर्ने बताए ।
संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ का अध्यक्ष गणेश लम्सालले प्रदेश नं. ५ ले ७ वटै प्रदेशका संसदीय पत्रकारलाई सहभागी गराएर क्षमता अभिवृद्धिको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।
संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का महासचिव सी. पी. खनालको सञ्चालनमा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै सुदुरपश्चिम प्रदेशका भरत शाह र प्रदेश नं. ३ का सिर्जना नेपालले संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा संसदीय पत्रकारिताको अभ्यास थालिएको र त्यसक्रममा भएको क्षमता अभिवृद्धि कार्यक्रमले नयाँ नयाँ समाचारका श्रोतबारे सिकाइ भएको बताए ।
संसद सहयोग परियोजना युएनडीपीको सहकार्यमा भएको तालिममा ७ वटै प्रदेशका ४० जना संसदीय पत्रकारको सहभागिता रहेको थियो ।
अन्तरप्रदेश सञ्जाल गठन
संसदीय पत्रकारहरुबीच समन्वय, सहकार्य र संयुक्त कार्यक्रम, अनुसन्धान र अध्ययनलाई सहज बनाउन संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल गठन भएको छ ।
प्रदेश नं. ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएकोे सञ्जालमा संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ गणेश लम्साल, प्रदेश नं. २ का अध्यक्ष मोनिका झा, प्रदेश नं. ३ का अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका अध्यक्ष लालप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, सुदुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशविक्रम शाह र प्रदेश नं. ५ का महासचिव सी. पी. खनाल सदस्य सचिव रहेका छन् ।
सञ्जालको पदेन सल्लाहकारमा संसदीय मामिला पत्रकार समाज, काठमाडौंका अध्यक्ष नारायण काफ्ले रहेका छन् ।
सञ्जालले संसदीय पत्रकारहरुबीच अनुभव आदान प्रदान, साझा समस्या, चुनौती र अवसर पहिचान गर्नका लागि साझा कार्ययोजना निर्माण गर्नका लागि अर्को भेला आह्वान गर्दै संयुक्त कार्यक्रमका लागि तयारी गर्ने निर्णय गरेको छ ।
८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...
८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...
८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पले सोमबार...
८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...
८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...
७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...
७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...
७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...
२७ पुस, हेटौंडा। मकवानपुरको हेटौंडामा शुक्रबार बाघले स्थानीयको बाख्रा मारेको छ । हेटौंडा १३ आलदमारमा पुर्ण...
२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...