Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तीनदिने संसदीय पत्रकारिता तालिम सम्पन्न

60882174_419023835544761_-1558541274.jpg

८जेठ,बुटवल। संसदीय मामिला पत्रकार समाज प्रदेश ५ले संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश ५ को लुम्बिनीमा आयोजना गरेको तिन दिने तालिम बुधबार सम्पन्न भएको छ ।  
खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डीआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद्, संसदीय समितिहरुमा समाचारका श्रोत, संसदमा खोज पत्रकारितालगायतका विषयमा सहजीकरण गरेका थिए । 
तालिम समापनको अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद घिमिरेले प्रदेशस्तरमा संसदीय पत्रकारिता अभ्यासलाई स्तरीय बनाउनका लागि निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम जरुरी रहेको बताए । 
युएनडीपीका प्रतिनिधि दिला पन्तले पत्रकारहरुको क्षमता अभिवृद्धिले समाजमा सही सूचना सम्प्रेषण हुने भएकाले पत्रकारहरु हरदम नौला नौला विषयमा पनि जानकार रहनुपर्ने बताए । 
संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ का अध्यक्ष गणेश लम्सालले प्रदेश नं. ५ ले ७ वटै प्रदेशका संसदीय पत्रकारलाई सहभागी गराएर क्षमता अभिवृद्धिको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । 
संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का महासचिव सी. पी. खनालको सञ्चालनमा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै सुदुरपश्चिम प्रदेशका भरत शाह र प्रदेश नं. ३ का सिर्जना नेपालले संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा संसदीय पत्रकारिताको अभ्यास थालिएको र त्यसक्रममा भएको क्षमता अभिवृद्धि कार्यक्रमले नयाँ नयाँ समाचारका श्रोतबारे सिकाइ भएको बताए । 
संसद सहयोग परियोजना युएनडीपीको सहकार्यमा भएको तालिममा ७ वटै प्रदेशका ४० जना संसदीय पत्रकारको सहभागिता रहेको थियो । 

                                          अन्तरप्रदेश सञ्जाल गठन
संसदीय पत्रकारहरुबीच समन्वय, सहकार्य र संयुक्त कार्यक्रम, अनुसन्धान र अध्ययनलाई सहज बनाउन संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल गठन भएको छ । 
प्रदेश नं. ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएकोे सञ्जालमा संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ गणेश लम्साल, प्रदेश नं. २ का अध्यक्ष मोनिका झा, प्रदेश नं. ३ का अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका अध्यक्ष लालप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, सुदुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशविक्रम शाह र प्रदेश नं. ५ का महासचिव सी. पी. खनाल सदस्य सचिव रहेका छन् । 
सञ्जालको पदेन सल्लाहकारमा संसदीय मामिला पत्रकार समाज, काठमाडौंका अध्यक्ष नारायण काफ्ले रहेका छन् । 
सञ्जालले संसदीय पत्रकारहरुबीच अनुभव आदान प्रदान, साझा समस्या, चुनौती र अवसर पहिचान गर्नका लागि साझा कार्ययोजना निर्माण गर्नका लागि अर्को भेला आह्वान गर्दै संयुक्त कार्यक्रमका लागि तयारी गर्ने निर्णय गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार