२० मंसिर, हेटौंडा । स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको उपलव्धी र युवाको सक्रियताको प्रशंसा, सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको कामको प्रशंसा गरे ।
समूहले २ महिने अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको विद्युत बक्यौता ४ लाख ७७ हजार रुपियाँ दुई किस्ता गरी तिरेको थियो । कार्यक्रममा बोल्दै समाजसेवी एकराज उप्रेतीले यो काम राष्ट्रिय रुपमै उदाहरणीय भएको भन्दै प्रशंसा गरे । उनले चाह्यो भने स्थानीय स्रोत र साधन प्रयोग गरेर थुप्रै काम गर्न सकिने उदाहरण युवाहरुले प्रस्तुत गरेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर फिरोज राइनले युवाहरुले गरेको कामको तारिफ गर्दै यस्तै काम अन्यत्र कहीँकतै आफूले नदेखेको बताए । भौतिक र सेवा सुधारका लागि अझै युवाहरुको जरुरत रहेको भन्दै उनीहरुले एक अर्कामा हातेमालो गरेर गरिने कामले सदैब सफलता पाउने बताए ।
स्वास्थ्य केन्द्रका अध्यक्ष तथा गाविसका सचिव मीनराज कोइरालाले पनि कामको प्रशंसा गर्दै राजनीतिबाट पर भएर काम गर्न सकेमा सफलता पाउने उदाहरण प्रस्तुत गरे । कार्यक्रममा समाजसेवीहरु हरिचन्द्र शाही, गौतम लामा, पूर्व अध्यक्ष विष्णुराम कालाखेती, नारायण सुवेदी, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सोही अबसरमा विभिन्न व्यक्तिहरु, संघसंस्थाले समूहको काममा एक्यबद्धता जनाउँदै १ लाख ३ हजार ३ सय १६ रुपियाँ सहयोग गरेका छन् ।सहयोग गर्नेहरुमा मनहरी लोकल ढुवानी व्यवसायी संघ, नारायण उप्रेती, होमराज पुलामी, वेदमणि सेढाई, राजु राउत, शालिकराम बानियाँ, नवराज अर्याल, बिमला घलान, हरिचन्द्र शाही लगायत रहेका छन् ।
५ हजारभन्दा बढी रकम सहयोग गर्नेहरुको नाम सिलालेखमा राखिने समूहले जनाएको छ । कार्यक्रम समूहका अध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको थियो । सो अबसरमा समूहले कोरिया, जापानमा रहेका युवाहरुले अभियानमा साथ दिएकोप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
सञ्चारकर्मीसहित सातजना सम्मानित
स्वयम्सेवक दिवसको अबसर पारेर मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान गरेको छ ।
मनहरीमा सोमबार आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित ७ जनालाई सम्मान गरेको हो । प्रशंसापत्रसहित सम्मानित हुनेहरुमा मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान, नुरोज पौडेल र सगुन स्यांतान रहेका छन् ।
मनहरी स्वयम्सेवक समूह गठन गरी उनीहरूले प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत बक्यौता तिर्ने अभियान चलाएका थिए । आइतबार मात्रै २ लाख ७७ हजार रुपियाँ बक्यौता तिरेर उनीहरुले स्वास्थ्य केन्द्रलाई ऋणमुक्त बनाएका थिए । ४ लाख ७७ हजार विद्युत बक्यौता तिर्नका लागि समूहले २ महिना अभियान चलाएर प्रतिब्यक्ति न्यूनतम ५ हजार रुपियाँ संकलन गरेका थिए ।
स्वदेशमा रहेका तथा कोरिया, जापान, साउदी लगायतका देशमा रहेका युवाहरुलाई समेटेर चालिएको अभियानपछि विद्युतको बक्यौता शुन्यमा झारिएको अबसरमा स्वास्थ्य केन्द्रले कार्यक्रम आयोजना गरी युवाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा स्वास्थ्य केन्द्र सहयोग तथा विकास समितिका अध्यक्ष मीनराज कोइराला, पूर्व अध्यक्ष एकराज उप्रेती, डाक्टर फिरोज राइन लगायत अतिथिहरुले युवाहरुको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा मनहरीका विभिन्न वडाहरुमा सक्रिय ढंगले काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मीनराज कोइरालाको अध्यक्षतामा भएको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















