२० मंसिर, हेटौंडा । स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको उपलव्धी र युवाको सक्रियताको प्रशंसा, सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको कामको प्रशंसा गरे ।
समूहले २ महिने अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको विद्युत बक्यौता ४ लाख ७७ हजार रुपियाँ दुई किस्ता गरी तिरेको थियो । कार्यक्रममा बोल्दै समाजसेवी एकराज उप्रेतीले यो काम राष्ट्रिय रुपमै उदाहरणीय भएको भन्दै प्रशंसा गरे । उनले चाह्यो भने स्थानीय स्रोत र साधन प्रयोग गरेर थुप्रै काम गर्न सकिने उदाहरण युवाहरुले प्रस्तुत गरेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर फिरोज राइनले युवाहरुले गरेको कामको तारिफ गर्दै यस्तै काम अन्यत्र कहीँकतै आफूले नदेखेको बताए । भौतिक र सेवा सुधारका लागि अझै युवाहरुको जरुरत रहेको भन्दै उनीहरुले एक अर्कामा हातेमालो गरेर गरिने कामले सदैब सफलता पाउने बताए ।
स्वास्थ्य केन्द्रका अध्यक्ष तथा गाविसका सचिव मीनराज कोइरालाले पनि कामको प्रशंसा गर्दै राजनीतिबाट पर भएर काम गर्न सकेमा सफलता पाउने उदाहरण प्रस्तुत गरे । कार्यक्रममा समाजसेवीहरु हरिचन्द्र शाही, गौतम लामा, पूर्व अध्यक्ष विष्णुराम कालाखेती, नारायण सुवेदी, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सोही अबसरमा विभिन्न व्यक्तिहरु, संघसंस्थाले समूहको काममा एक्यबद्धता जनाउँदै १ लाख ३ हजार ३ सय १६ रुपियाँ सहयोग गरेका छन् ।सहयोग गर्नेहरुमा मनहरी लोकल ढुवानी व्यवसायी संघ, नारायण उप्रेती, होमराज पुलामी, वेदमणि सेढाई, राजु राउत, शालिकराम बानियाँ, नवराज अर्याल, बिमला घलान, हरिचन्द्र शाही लगायत रहेका छन् ।
५ हजारभन्दा बढी रकम सहयोग गर्नेहरुको नाम सिलालेखमा राखिने समूहले जनाएको छ । कार्यक्रम समूहका अध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको थियो । सो अबसरमा समूहले कोरिया, जापानमा रहेका युवाहरुले अभियानमा साथ दिएकोप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
सञ्चारकर्मीसहित सातजना सम्मानित
स्वयम्सेवक दिवसको अबसर पारेर मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान गरेको छ ।
मनहरीमा सोमबार आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित ७ जनालाई सम्मान गरेको हो । प्रशंसापत्रसहित सम्मानित हुनेहरुमा मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान, नुरोज पौडेल र सगुन स्यांतान रहेका छन् ।
मनहरी स्वयम्सेवक समूह गठन गरी उनीहरूले प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत बक्यौता तिर्ने अभियान चलाएका थिए । आइतबार मात्रै २ लाख ७७ हजार रुपियाँ बक्यौता तिरेर उनीहरुले स्वास्थ्य केन्द्रलाई ऋणमुक्त बनाएका थिए । ४ लाख ७७ हजार विद्युत बक्यौता तिर्नका लागि समूहले २ महिना अभियान चलाएर प्रतिब्यक्ति न्यूनतम ५ हजार रुपियाँ संकलन गरेका थिए ।
स्वदेशमा रहेका तथा कोरिया, जापान, साउदी लगायतका देशमा रहेका युवाहरुलाई समेटेर चालिएको अभियानपछि विद्युतको बक्यौता शुन्यमा झारिएको अबसरमा स्वास्थ्य केन्द्रले कार्यक्रम आयोजना गरी युवाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा स्वास्थ्य केन्द्र सहयोग तथा विकास समितिका अध्यक्ष मीनराज कोइराला, पूर्व अध्यक्ष एकराज उप्रेती, डाक्टर फिरोज राइन लगायत अतिथिहरुले युवाहरुको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा मनहरीका विभिन्न वडाहरुमा सक्रिय ढंगले काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मीनराज कोइरालाको अध्यक्षतामा भएको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




