Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रतिपक्षले भन्यो–नाराले मात्रै प्रदेश समृद्ध हुँदैन

बजेट सान्दर्भिक रहेको सत्तापक्षको जिकिर

Photo1-1559215312.jpg

१६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रममाथि विहिबारदेखि छलफल शुरु भएको छ । प्रदेशसभा भवन हेटौँडामा विहिबारबाट छलफल शुरु भएको हो ।
छलफलमा भाग लिने प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा नाराको साहारा लिएको भन्दै विरोध गरेका छन् । उनीहरुले नाराले मात्रै प्रदेश समृद्ध नहुने भएकाले नाराको सहारा लिएको नीति तथा कार्यक्रममा आफुहरुलाई विश्वास नरहेको बताए । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले यो नीति तथा कार्यक्रमलाई नाराको भण्डार र कुराको पोकाको संज्ञा दिए । उनले २०७५÷०७६ मा ल्याएको उद्योग बर्षको नारा सफल नभएको भन्दै ०७६÷०७७ मा पनि नारा कार्यान्वयन हुनेमा आशंका गरे । उनले नीति तथा कार्यक्रममा उल्लेख भएको हामी सबै उद्यमीको नारा कसरी पुरा हुन्छ, यसको आधार स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गरे । तलब दिएर स्वयम्सेवकका नाममा कार्यकता भर्ति गरिएको भन्दै उनले जनताको पसिनाबाट उठेको करबाट जथाभावी गर्ने नरहेको भन्दै प्रदेश बिकास स्वय्म सेवक कार्यक्रम बन्द गर्न माग गरे । उनले मूख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम नारामै सिमित भएको भन्दै आगामी बर्ष प्रदेशका नागरिकले कम्तिमा बर्षमा एक पटक स्वास्थ्य परिक्षण गर्न पाउने व्यवस्था मिलाउन सुझाव दिए । आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य दिपेन्द्र शाक्यले वर्तमान सरकारको कार्यशैली निकम्मा रहेको बताए । उनले भने–‘निकम्मा सरकारका विवेकहिन मन्त्रीका कारण बजेट खर्च हुन सकेको छैन ।’ उनले मूख्यमन्त्रीले दाजुभाईलाई अंश बाँडेजस्तो गरी भेदभावपूर्ण ढंगले बजेट बाँडेको आरोप समेत लगाए ।  
प्रदेशसभा सदस्यहरु एकनाथ दाहहाल, शशीजंग थापा, शान्तिप्रसाद पौडेलले नीति तथा कार्यक्रम समय सापेक्षा र प्रदेश विकासको स्पष्ट खाकाको रुपमा आएको बताए । उनले यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बुझाब दिए । प्रदेशसभा सदस्य न्हुक्षेनारायाण श्रेष्ठले प्रदेशको विकासका लागि बैदेशिक ऋण भन्दा निर्शत बैदेशिक ऋण लिने नीतिलाई अवलम्बन गर्नुपर्ने बताए । सार्वजनिक खरिद ऐन विपरित १२ करोड भन्दा बढिका सामान खरिद गरिएको भन्दै उनले सुशासन कायम गर्न खरिद ऐनका पूर्ण पालनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए । छलफलमा प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेल, प्रदिपकुमार कटुवाल क्षेत्रीय, भीमसेन खत्री, रजनी जोन्छे, विजया केसी, जीवन डंगोल, गिता वाग्ले लगायतले धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय
Screenshot_20240224_20374-1737716507.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको  १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...

हेटौंडा-१५मा शौचालयमा लडेर वृद्धको मृत्यु
images(9)-1737715618.jpg

११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो  हेटौडा-१५...

हेटौंडा ९ बाट नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ
Screenshot_20240528_08091-1737712684.jpg

११ माघ, हेटौंडा । हेटौंडा ९ बाट  नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...

मधेस सरकारले फिर्ता लियो भाषा सम्बन्धि विधेयक
IMG_20240607_180745-1737710989.jpg

११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले  भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...

कुवामा डुबेर एक बृद्धाको मृत्यु
death_body-1737703741.jpg

११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...

सुनको मूल्य एक हजार रूपैयाँले बढ्यो
gold-1737703034.png

११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...

हेटौंडा १२ मा बाघ देखापर्यो
download-1737680830.jpg

११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...

तीन प्रदेशको मौसममा आंशिक बदली रहने
kathmandu-sky-(1)-1737680284.jpg

११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जसको प्रभावले...

प्रज्ञा प्रतिष्ठान ऐनसम्बन्धी विधेयक पारित
1684587645_1609591046_sud-1737679563.jpg

११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...

थप समाचार