Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रतिपक्षले भन्यो–नाराले मात्रै प्रदेश समृद्ध हुँदैन

बजेट सान्दर्भिक रहेको सत्तापक्षको जिकिर

Photo1-1559215312.jpg

१६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रममाथि विहिबारदेखि छलफल शुरु भएको छ । प्रदेशसभा भवन हेटौँडामा विहिबारबाट छलफल शुरु भएको हो ।
छलफलमा भाग लिने प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा नाराको साहारा लिएको भन्दै विरोध गरेका छन् । उनीहरुले नाराले मात्रै प्रदेश समृद्ध नहुने भएकाले नाराको सहारा लिएको नीति तथा कार्यक्रममा आफुहरुलाई विश्वास नरहेको बताए । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले यो नीति तथा कार्यक्रमलाई नाराको भण्डार र कुराको पोकाको संज्ञा दिए । उनले २०७५÷०७६ मा ल्याएको उद्योग बर्षको नारा सफल नभएको भन्दै ०७६÷०७७ मा पनि नारा कार्यान्वयन हुनेमा आशंका गरे । उनले नीति तथा कार्यक्रममा उल्लेख भएको हामी सबै उद्यमीको नारा कसरी पुरा हुन्छ, यसको आधार स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गरे । तलब दिएर स्वयम्सेवकका नाममा कार्यकता भर्ति गरिएको भन्दै उनले जनताको पसिनाबाट उठेको करबाट जथाभावी गर्ने नरहेको भन्दै प्रदेश बिकास स्वय्म सेवक कार्यक्रम बन्द गर्न माग गरे । उनले मूख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम नारामै सिमित भएको भन्दै आगामी बर्ष प्रदेशका नागरिकले कम्तिमा बर्षमा एक पटक स्वास्थ्य परिक्षण गर्न पाउने व्यवस्था मिलाउन सुझाव दिए । आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य दिपेन्द्र शाक्यले वर्तमान सरकारको कार्यशैली निकम्मा रहेको बताए । उनले भने–‘निकम्मा सरकारका विवेकहिन मन्त्रीका कारण बजेट खर्च हुन सकेको छैन ।’ उनले मूख्यमन्त्रीले दाजुभाईलाई अंश बाँडेजस्तो गरी भेदभावपूर्ण ढंगले बजेट बाँडेको आरोप समेत लगाए ।  
प्रदेशसभा सदस्यहरु एकनाथ दाहहाल, शशीजंग थापा, शान्तिप्रसाद पौडेलले नीति तथा कार्यक्रम समय सापेक्षा र प्रदेश विकासको स्पष्ट खाकाको रुपमा आएको बताए । उनले यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बुझाब दिए । प्रदेशसभा सदस्य न्हुक्षेनारायाण श्रेष्ठले प्रदेशको विकासका लागि बैदेशिक ऋण भन्दा निर्शत बैदेशिक ऋण लिने नीतिलाई अवलम्बन गर्नुपर्ने बताए । सार्वजनिक खरिद ऐन विपरित १२ करोड भन्दा बढिका सामान खरिद गरिएको भन्दै उनले सुशासन कायम गर्न खरिद ऐनका पूर्ण पालनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए । छलफलमा प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेल, प्रदिपकुमार कटुवाल क्षेत्रीय, भीमसेन खत्री, रजनी जोन्छे, विजया केसी, जीवन डंगोल, गिता वाग्ले लगायतले धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार