Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

pm_cup_fH4QtGgG2E-1559480979.jpg

१९ जेष्ठ, हेटौँडा । काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 
कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस सेमिफाइलनमा पुग्न सफल भएको हो । 
पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट भयो । प्रदेश २ लाई सस्तैमा अल आउट गराउन दीपेन्द्रसिंंह ऐरीले सर्वाधिक ५ विकेट लिए । 
यसैगरी अर्का बलर ललितनारायण राजबंशीले तीन विकेट हात पारे भने कुशल भुर्तेल र सागर ढकालले पनि समान एक÷एक विकेट लिए ।
प्रदेश २ का लागि हरिशंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रनको पारी खेले । यस्तै रवि साहले १५ रन बनाउँदा सुरज पटेलले १२ रनको योगदान गरे । 
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो । 
पुलिसका लागि सुनिल धमलाले ४३ तथा अनिल शाले ३७ रन बनाए । यस्तै अमित श्रेष्ठले ५०, दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन योगदान गरे । 
बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे । जवाफमा २९ ओभरमा ९७ रनमा अलआउट भएको प्रदेश २ ले आठ रनमा पहिलो  र ४९ रनमा दोस्रो विकेट खेर फालेको थियो । 
उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा १५६ रनको अन्तरले पराजित भयो । समुह ’बी’ बाट नेपाल पुलिस विजेता र आर्मी उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार