Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कृषक समूहको संयुक्त बार्षिकोत्सवमा सम्मान

Krishak-Samuh-Sanyukta-Ba-1481298267.JPG

२४ मंसिर, हेटौंडा । मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहले संयुक्त बार्षिकोत्सवमा पत्रकार, मिडिया तथा संघ संस्था सम्मानित भएका छन् ।

सियोन कृषक समूह सुकुभञ्ज्याङ्गको सातौँ, शान्ति सृजना कन्यादेवी कृषक समूह मरेबकोटको छैठौँ, एकता कृषक समूह गैरीगाउँको तेश्रो र हिमाल कृषक समूह सानोपोखरीको आठौँ बार्षिकोत्सव संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा कृषक समूहहरुले जिल्ला कृषि बिकास कार्यालय मकवानपुर, कृषि सेवा केन्द्र नामटार, नारि सीप सृजना केन्द्र, सहयोग सरोकार संस्था, टिम टिभी, पत्रकारद्वय रुपक कालिराज, जिवराज बख्रेललाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कृषक समूहहरु सियोनका अध्यक्ष मिरा स्याङ्गतान, शान्ति सृजना कन्यादेवीका अध्यक्ष कुमार छुमी, एकताका अध्यक्ष जयबहादुर थिङ्ग र हिमालका सचिव रामलाल थिङ्गले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला कृषि बिकास कार्यालयका प्रमुख निर्मल गदालको प्रमुख आतिथ्य तथा वडा नागरिक मञ्चका संयोजक मानबहादुर छुमीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नामटारका अध्यक्ष राजेन्द्र सिन्तान, नेकपा एमालेका प्रतिनिधी एवम् कालिका उच्च माबि नामटारका अध्यक्ष बुद्धीबहादुर मुक्तान, गाबिस कृषि बिकास समिति उपाध्यक्ष दुर्जबहादुर बिष्ट, शान्ति समिति नामटारका संयोजक कमल अर्याल, समाजसेवी लालबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत सञ्जय तिवारी, कृषि सेवा केन्द्र नामटारका प्रमुख अमरकान्त झा, सहयोग सरोकार संस्था धुलिखेलका केदार बजगाई, लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कृषि समूहका महिलाहरुले कृषि, समस्या, सम्भावनाबारे गित समेत प्रस्तुत गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार