Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

जेठ २५ गते दोस्रो हेटौंडा जर्नालीजम अवार्ड हुने(मनोनयन सुचि सहित)

61997724_366881030611109_-1559569249.jpg

२० जेठ, हेटौँडा । जेठ २५ शनिबार हेटौँडामा दोस्रो हेटौंडा जर्नालीजम अवार्ड —२०७६ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा दोस्रो हेटौंडा जर्नालीजम अवार्ड —२०७६ हुन लागेको हो । सोमबार पत्रकार सम्मेलन मार्फत दोस्रो हेटौंडा जर्नालीजक  अवार्ड —२०७६ को उत्कृष्ट ३ मनोनयन शार्वजनिक गर्दै आयोजकले यस बारेमा जानकारी गराएको हो । 
 एकेडेमीका अध्यक्ष तथा अवार्ड संयोजम मणीराज गौतमले यस बर्ष ११ वटा विधामा अवार्ड प्रदान गरीने र सो कार्यका मकवानपुरका विभिन्न मिडियामा क्रियाशिल सञ्चारकर्मीको ११ वटै विधामा ३ जनाको नाम सार्वजानिक गरिएको बताए ।
अध्यक्ष गौतमले अवार्ड संगै उत्कृष्ट भएका ११ जना पत्रकारहरुलाई नगद राशी सहित सम्मान गरीने बताए । अवार्ड कार्यक्रममा नेपालका चर्चित गायक मिलन लामा तथा स्थानिय कलाकार सहित दोहोरी गायक गायिकाहरुको सहभागिता रहने बताइएको छ ।  
मनोनयन शार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, आयोजक समितिका सदस्य श्रीराम अर्जुन लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । न्यू मिडिया एकेडेमीले गत बर्ष पहिलो हेटौंडा जर्नालीजम अवार्ड दुवईमा सम्पन्न गरेको थियो । 
 

दोस्रो जर्नालिजम अवार्ड —२०७६ मा ३ उत्कृष्ट मनोनयनमा परेका सञ्चारकर्मीहरुको नामावली

क)उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६

१) सुवास विडारी, साझाकुरा दैनिक २) राजन दाहाल, एभिन्युज टेलिभिजन ३) पुष्पराज अधिकारी, जनता टेलिभिजन

ख) उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६

१) कपिल खड्का, टिम टेलिभिजन २) अशोक सुजन श्रेष्ठ, नागरिक दैनिक ३) रविन्द्र गौतम, हेटौंडा खबर डटकम/ रेडियो सरोवर

ग) उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड —२०७६

१) केशव समपर्ण, साझाकुरा दैनिक/कारोबार दैनिक २) सुदीप सिवाकोटी, हेटौंडा सन्देश दैनिक / नयाँ पत्रिका दैनिक ३) राज सापकोटा, लालखबर डटकम

घ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७६

१) देवराज पन्त, न्युज २४ २) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ दैनिक ३) विवस अधिकारी, समृद्ध समाज दैनिक

ङ) उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७६

१) एमपी शर्मा, हेटौंडा एफएम २) दुदुमाया सिन्तान, रेडियो थाहा सञ्चार ३) सुवास विडारी, साझाकुरा दैनिक

च) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७६

१) धर्मेन्द्र दाहाल, खबरब्रेक डटकम २) बलराम पुडासैनी, तु खबर डटकम ३) सुनिल सिवाकोटी, प्रष्टखबर डटकम

छ) उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६

१) दर्शन क्षेत्री, रेडियो थाहा सञ्चार २) उषा थामी, हेटौंडा एफएम ३) धिरज ढकाल, टिम टेलिभिजन

ज) उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड —२०७६

१) प्रिया पौडेल, समृद्ध समाज दैनिक/ रेडियो निकास २) गणेश अधिकारी, रेडियो मकवानपुर / प्रदेश दैनिक ३) अमृत चिमोरिया, समृद्ध समाज/ थाहाखबर डटकम

झ) नव उदयमान पत्रकार वर्ष अवार्ड —२०७६

१) सृजना नेपाल,रेडियो थाहा सञ्चार २) मानवी बानियाँ, हेटौंडा सन्देश दैनिक ३) उज्जवल अधिकारी, भुगोल न्यूज डटकम

ञ) उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड —२०७६

१) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ/ एपि वान टेलिभिजन २) बालकृष्ण अधिकारी, कान्तिपूर टेलिभिजन ३) ध्रुव अधिकारी, राजधानी दैनिक

ट) उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६

१) नानीमाया सापकोटा, टिम टेलिभिजन २) सरिता दाहाल, राजधानी दैनिक ३) सरला अधिकारी, छहारी नेटवर्क

62230539_306540540250510_-1559569559.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार