Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सभा सचिवालय परिसरमा मिडिया सेन्टर राख्न माग

61629727_2724540737574746-1559576999.jpg

२० जेठ, हेटौंडा। संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई  प्रदेश ३ को प्रदेश सभा सचिवालय परिसरमा मिडिया सेन्टरको स्थापना गर्न माग गरेको छ । 
आइतबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य सुदीप शिवाकोटी लगायतको टोलीले सभामुख श्रेष्ठको कार्यकक्षमै पुगेर भेटी  संसदीय पत्रकार अन्तर– प्रदेशको लुम्बिनी सम्मेलनलेको छ बुँदे घोषणापत्र  बुझाउदै पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गर्दै प्रदेशसभामा मिडियाको पहुँच सहज बनाउन माग गरेका हुन् । मञ्च अध्यक्ष दाहालले पत्रकारलाई संसदमा सहज पहुँच उपलब्ध गराउँदा लोकतन्त्र बलियो र जनउत्तरदायी हुन सभामुखलाई आग्रह गरको थिए । त्यसैगरी संसदीय पत्रकार मञ्च अध्यक्ष दाहाल संगै पुगेका पत्रकारहरुले जनताले चुनेर पठाएका जनप्रतिनिधिले गरेका गतिविधि जनतासमक्ष पु¥याउनको लागि पत्रकारले महत्वपपूर्ण भूमिका खेलेको भन्दै पत्रकारको क्षमता अभिवृद्धि, विधेयक छलफल, अन्तरक्रिया, अन्तरप्रदेश अनुभव आदानप्रदानलगायतका कार्यक्रम समेटेर आवश्यक बजेट बिनियोजन गर्न माग गरेको छ ।
अनुरोधपत्र बुझदै सभामुख श्रेष्ठले आफूले प्रदेशसभामा मिडिया सेन्टरको स्थापनाको तयारी गरेको बताए । उनले पत्रकारको क्षमता वृद्धिको लागि केही समयमा नै तालिम सञ्चालन गरिने पनि बताए  । अनुरोधपत्र बुझाउने कार्यक्रममा पत्रकार सुवास बिडारी, प्रिया पौडेललगायतको उपस्थिति रहेको थियो ।
    
                           सभामुख श्रेष्ठलाई लुम्बिनीमा घोषणापत्र  हस्तान्तरण
संसदीय पत्रकारले प्रदेश ३ले संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको गत जेठ ६ गतेदेखि ८ गतेसम्म लुम्बिनीमा भएको भेलाबाट जारी घोषणापत्र पनि सभामुख श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । 
संसदीय मामिला पत्रकारहरुको उक्त सम्मेलनले संसदको मर्यादामा रहेर संसदीय विषयका समाचारको रिर्पो्टिङलाई मर्या्दित बनाउने र समाचारमा तथ्य र विश्वसनीयता कायम गर्न अरु बढी संवेदनशील बन्नेलगायतका ६ बुँदे घोषणापत्र जारी गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार