Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हेटौँडामा ‘महजात्रा’ हुने

MahaJodi-1481445668.jpg

२६ मंसिर, हेटौँडा । हेटौँडामा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नेतृत्वमा ‘महजात्रा’ हुने भएको छ । मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ मह जात्रा हुन लागेको हो । 
कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार र गायक गायिकाहरुले प्रस्तुति दिने भएका छन् । पुस ९ गते भूटनदेवी स्कूल प्राङ्गणमा किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी लगायतका कलाकार आउने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महजात्रा आयोजक समितिका संयोजक पुरनबहादुर जोशीले सामाजिक भावनाका साथ कार्यक्रम गरिएको बताउँदै कार्यक्रमबाट जुटेको रकमले मानवसेवा आश्रमको निर्माणाधिन भवन पूर्णताका लागि टेवा पुग्ने बताए । 
उनले अशक्त, अनाथ, मानसिक सन्तुलन गुमाएर वेवारिसे अवस्थामा सडकपेटी, मठमन्दिर, पाटीपौवा तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेकाहरुलाई आश्रय दिईरहेको मानव सेवा आश्रमलाई व्यवस्थित गर्न योगदान गर्ने अवसरको रुपमा महजात्रालाई सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रममा मानव सेवा आश्रमका तर्फबाट रामजी अधिकारीले हेटौँडा–९ लामसुरे धापमा ५ करोडको लागतमा भवन निर्माण भईरहेको जानकारी दिए । 
उनका अनुसार ४० कोठे भवनको पहिलो तल्ला ढलान पुरा हुँदा एक करोड रुपैँयाभन्दा बढि खर्च भईसकेको छ भने दोस्रो तल्लाको काम शुरु भएको छ । भवनको पूर्णताका लागि महजोडीले समेत सेवा भावका साथ महजात्रामा सहयोग गरेको बताउँदै टिकट खरिद गरी यसमा योगदान गर्न सबैमा आग्रह गरे । 
आयोजकले ७ हजार ५ सय टिकट विक्रि गर्ने भएको छ । प्रस्तुति अवलोकनका लागि ५ सयदेखि २ हजार रुपैँयाको टिकट व्यवस्था गरेको जनाएको छ । कार्यक्रमबाट ५० लाख रुपैँया बचत गर्ने लक्ष्य रहेको संयोजक जोशीले बताए । पुस ९ गते हेटौँडामा कार्यक्रम सकेर पुस १० गते बीरगंजमा मानवसेवा आश्रम संचालनका लागि महजात्रा हुने जनाईएको छ । मानव सेवा आश्रमले मकवानपुर, चितवन, काठमाण्डौं, ललितपुर, गोरखा, लम्जुङ र पर्सामा गरी २ सय जनालाई आश्रय दिईरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा ११ मा करेन्ट लागेर मियोको मृत्यु
IMG_1053-1691907138-1733319504.png

१९ मंसिर, हेटाैंडा। हेटौंडामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११...

रवि लामिछाने सहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी
Screenshot_20241018_17263-1733313650.jpg

१९ मंसिर, हेटाैंडा। पक्राउ पुर्जी जारी भइ प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप
Screenshot_20241204_14025-1733300307.jpg

१९ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ...

राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया
president-Ram-chandra-pou-1733299765.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण...

बकैयामा बस दुर्घटना, ३६ जना घाइते
Screenshot_20241204_11500-1733293715.jpg

१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...

हेटौंडा ६ मा शौचालयमा लडेर राईको मृत्यु
Screenshot_20240528_08091-1733283611.jpg

१९ मंसिर, हेटाैंडा । हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ ।  हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव...

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने
Screenshot_20241204_07125-1733275742.jpg

१९ मंसिर, हेटौंडा । चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र...

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
Screenshot_20241204_07070-1733275333.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733274874.jpg

१९ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार...

थप समाचार