Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

गुठि विधेयकको प्रदेशसभामा चर्को विरोध

Pradesh-Photo-1560507976.JPG

३१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले संघीय संसदमा पेश भएको गुठी विधेयकको चर्को विरोध गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका प्रदेशसभा सदस्यहरुले विधेयकको विरोध गरेका हुन् ।
बैठकमा प्रदेशसभा सदस्य राजकाजी महर्जनले गुठि विधेयक संस्कृति, परम्परा र मुटुमाथिको प्रहार भएको बताए । उनले गुठी संस्थाले २०२१ सालदेखि धर्म संस्कृतिमाथि प्रहार जारी रहेको भन्दै विधेयक यसको अन्तिम रुप भएको बताए । उनले ठेकेदारलाई कम्पनीमार्फत संचालन गर्न दिएर संस्कृति, परम्परा नजोगिने उनले बताए । प्रदेशसभा सदस्य नरोत्तम बैद्यले संविधान विपरित विधेयक आएको भन्दै यसको खारेजीको माग गरे । 
संविधानको अनुसुचि ६ अनुसार गुठिको व्यवस्थापन प्रदेश सरकारमार्फत हुनुपर्नेमा संघीय सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै आफ्नो अधिकार लिन प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले आफुलाई ‘दाजु जिल्ला विकास समिति’ कै भुमिकामा कायम नराख्न प्रदेश सरकारसंग आग्रह गरे । 
बैठकमा प्रदेश सांसद बसन्त मानन्धरले गुठि विधेयक नेपालको संविधान २०७२ को धारा २९० र अनुसुचि ६ को बुँदा २१ को उल्लंघन भएको बताए । त्यस्तै सांसद राजेश शाक्यले गुठी विधेयक विरुद्धको आन्दोलनले हिंसात्मक रुप नलियोस् भन्नेतर्फ संघीय सरकार सचेत रहनुपर्नेमा जोड दिंदै  विधेयकको दफा २३,२४ र २५ धातक रहेको बताए । संसमा विधेयको विरोधमा सांसद पुकार महर्जन, रिता माझी, शोभा शाक्य, विराजभक्त श्रेष्ठले आफ्नो धारणा राख्दै विरोध फिर्ताको माग गरेका थिए । 
उता, नेकपाका मूख्य सचेतक रामेश्वर फुँयालले गुठी पुरानै ढंगले संचालन हुन नसक्ने बताउँदै परिस्कृत र परिमाजन आवश्यक रहेको बताए । सांसद सरेश नेपालले गुठि विधेयक पुरानो भएको बताउँदै गुठिका जग्गा संरक्षणका लागि पनि विधेयक आवश्यक रहेको बताए । 
बैठकमा सांसद रमेश पौड्याल, सन्तबहादुर प्रजा, ओमबहादुर ग्लान लगायतले समसामयिक विषयमा धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल साफ फुटसलको उपाधि होडबाट बाहिरियो
nepal-1-1769076351-1769131981.jpg

९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि...

आज उम्मेदवारी फिर्ता र चुनाव चिन्ह वितरण हुने
Election-Commission-nirba-1769131562.jpg

९ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उमेदवारले आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १...

रेशम चौधरीको उम्मेदवारी खारेज
resham-1032024031549-1332-1769131080.jpg

९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...

आज सरस्वती पूजा पर्व मनाइँदै
Saraswati_Puja_sPBs4wvf1v-1769130515.jpg

९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
16655388081665538808-1769129867.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...

हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु
Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु
IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग
Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...

थप समाचार