३१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले संघीय संसदमा पेश भएको गुठी विधेयकको चर्को विरोध गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका प्रदेशसभा सदस्यहरुले विधेयकको विरोध गरेका हुन् ।
बैठकमा प्रदेशसभा सदस्य राजकाजी महर्जनले गुठि विधेयक संस्कृति, परम्परा र मुटुमाथिको प्रहार भएको बताए । उनले गुठी संस्थाले २०२१ सालदेखि धर्म संस्कृतिमाथि प्रहार जारी रहेको भन्दै विधेयक यसको अन्तिम रुप भएको बताए । उनले ठेकेदारलाई कम्पनीमार्फत संचालन गर्न दिएर संस्कृति, परम्परा नजोगिने उनले बताए । प्रदेशसभा सदस्य नरोत्तम बैद्यले संविधान विपरित विधेयक आएको भन्दै यसको खारेजीको माग गरे ।
संविधानको अनुसुचि ६ अनुसार गुठिको व्यवस्थापन प्रदेश सरकारमार्फत हुनुपर्नेमा संघीय सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै आफ्नो अधिकार लिन प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले आफुलाई ‘दाजु जिल्ला विकास समिति’ कै भुमिकामा कायम नराख्न प्रदेश सरकारसंग आग्रह गरे ।
बैठकमा प्रदेश सांसद बसन्त मानन्धरले गुठि विधेयक नेपालको संविधान २०७२ को धारा २९० र अनुसुचि ६ को बुँदा २१ को उल्लंघन भएको बताए । त्यस्तै सांसद राजेश शाक्यले गुठी विधेयक विरुद्धको आन्दोलनले हिंसात्मक रुप नलियोस् भन्नेतर्फ संघीय सरकार सचेत रहनुपर्नेमा जोड दिंदै विधेयकको दफा २३,२४ र २५ धातक रहेको बताए । संसमा विधेयको विरोधमा सांसद पुकार महर्जन, रिता माझी, शोभा शाक्य, विराजभक्त श्रेष्ठले आफ्नो धारणा राख्दै विरोध फिर्ताको माग गरेका थिए ।
उता, नेकपाका मूख्य सचेतक रामेश्वर फुँयालले गुठी पुरानै ढंगले संचालन हुन नसक्ने बताउँदै परिस्कृत र परिमाजन आवश्यक रहेको बताए । सांसद सरेश नेपालले गुठि विधेयक पुरानो भएको बताउँदै गुठिका जग्गा संरक्षणका लागि पनि विधेयक आवश्यक रहेको बताए ।
बैठकमा सांसद रमेश पौड्याल, सन्तबहादुर प्रजा, ओमबहादुर ग्लान लगायतले समसामयिक विषयमा धारणा राखेका थिए ।
११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...
११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौडा-१५...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...
११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...
११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले...
११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...