Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

यो सरकार विधेयक मात्र ल्याउने काम गर्‍योः सभापति देउवा 

64529894_1041067522948891-1560532980.jpg

३१ जेठ, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले विधेयक ल्याउने मात्र काम गरेको आरोप लगाएका छन । 
शुक्रबार हेटौंडामा सुरु भएको नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधनका क्रममा सभापति देउवाले  सरकारले कहिले मिडिया काउन्सिल विधेयक त कहिले गुठी सम्बन्धि विधेयक ल्याउने काम मात्र गरेको बताउदै गुठी सम्बन्धि विधेयक र मिडिया काउन्सिल विधेयक कुनै हालतमा पारित हुन नदिने चेतावनी दिएका छन । 
. गुठी सम्बन्धि नेपालीहरुको संस्कृति र सभ्यता भएको दावी गर्दै उनले यो विधेयक क’नै हालतमा पारित हुन नदिने चेतावी दिएका हुन् ।देउवाले  ओली सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रणमा लिन खोजेको भन्दै  प्रेस काउन्सिललाई लत्याएर पत्रकारलाई दण्डित गर्ने गरी ल्याउन लागेको मिडिया काउन्सिल विधेयक पनि पारित हुन नदिने बताएका छन । उनले कम्युनिष्टको यस्तै रबैयाको कारण अबको चुनावमा कांग्रेसको बहुमत आउने दावी गर्दै . गीतसंगीत माथि समेत सरकारले प्रतिबन्द लगाइरहेको बताएका छन । कार्यक्रममा बेल्दै सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा अर्को निर्वाचनबाट कम्य’निष्ट सत्ता विस्थापित हुने चेतावनी दिएका छन । उनले अहिले अन्तर्राष्ट्रिय सम्बन्ध लाजमर्दो भएको भन्दै उनले संसारभर फेल भएको कम्य’निष्ट सिद्धान्त नेपालमा परीक्षण भैरहेको बताए  ।

सांस्कृतिक संघका केन्द्रीय सभापति तीर्थ बहादुर थापा अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, देवेन्द्रराज कंडेल, गुरुराज घिमिरे, महालक्ष्मी उपाध्याय डीना, प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, बरिष्ठ कलाकार निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, सांस्कृतिक संघ जिल्ला सभापतिहरुको तर्फबाट काभ्रे सभापति हरिकुमार कर्माचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केही नेता तथा कलाकार कांग्रेसमा प्रवेश गरेका छन । शुक्रबारबाट सुरु भएको नेपाल सांस्कृतिक संघको राष्ट्रिय प्रशिक्षण भेला भोलि अर्थात शनिबार सकिने जनाईएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बकैया ७ अधेरीमा टयाक्टर पल्टियो,२० बढी घाइते
Accident-1765885658.jpg

१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...

मनहरीमा रुखबाट खसेका व्यक्तिको उपचारको क्रममा मृत्यु
IMG_0956-1765863738.png

१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...

नागरिक बचाउ महाभियानद्वारा वार्ता समिति गठन
durga-prasai-1765849251.png

१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...

एमालेको महाधिवेशनमा आज मतदान हुँदै
amale-uml-1765848232.jpg

१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765847480.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...

पेट्रोलको मूल्यो बढ्यो,डिजेल र मट्टितेलको घट्यो
IMG_0805-1765811036.png

२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ  भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...

मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु
Screenshot_20251215_07511-1765764379.jpg

२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी-६...

पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
Screenshot_20251215_07114-1765762009.jpg

२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुने
amale-uml-1765761395.jpg

२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ  । निर्वाचन समितिले...

थप समाचार